7 months ago
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा हुने नेपाली खेलाडीले २६ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन्।
५ खेलाडीसहित ६ सदस्य नेपाली टोली शनिवार दक्षिण कोरिया प्रस्थान गरेको छ। गुमीमा जेठ १३ देखि १७ गते (मे २७ देखि ३१ सम्म ) हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।
पुरुष १ हजार ५ सय, ५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १ सय र २ सय मिटर दौडमा शिवराज पार्कीले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ज्याभ्लिन थ्रो, सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८ सय, १ हजार ५ सय मिटर दौडमा फुलमती रानाले चुनौती दिनेछिन् । प्रशिक्षकमा उषाकर्ण चौधरी छिन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स संघ, तदर्थ समितिका संयोजक समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले टोलीको बिदाइ गरे ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]