6 months ago
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक ४ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो।
कर्णाली प्रदेश २ स्वर्ण र ५ रजत पदक साथ दोश्रो भयो । गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्य पदकसहित संयुक्त रुपमा तेश्रो भए ।
१२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज कुल ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।
छात्र २ सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे । मधेशका आयुश चौधरी दोश्रो तथा कोशीका नितेश भट्टराई तेश्रो भए ।
सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१. ४ सेकेन्डमा दूरी तय गरिन्। कोशीकी अस्मिता लाम्गाडे दोश्रो तथा मधेशकी वर्षा योञ्जन तेश्रो स्थानमा रहे।
छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण पदक जिते । उनले २ मिनेट ०७ . ४ सेकेन्डको समय निकाले ।
कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य पदक प्राप्त गरे। सो स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७. ३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् ।
कोशीकी जुही राई दोश्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेश्रो भए । छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोश्रो र गण्डकी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी पहिलो कर्णाली दोस्रो र कोशीले तेस्रो भयो।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]