default_image

6 years ago

November 23, 2019

आर्मीका नवराज धारा नेपालगन्ज म्याराथनको च्याम्पियन

246 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावक नवराज साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बनेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै ६५ हजार रुपैयाँ प्राप्त गरे ।

क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम गर्दै शीर्ष ५ स्थान कब्जा गरे । दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ पाए । तेस्रो स्थानका राजन रोकाया २ घण्टा २९ मिनेट १४ सेकेन्डमा दुरी पूरा गर्दै २० हजार रुपैयाँले पुरस्कृत भए । चौथो र पाँचौ स्थान क्रमश: रामप्रसाद भट्टराई र देवराज महताराले हासिल गरे । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष ८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

महिला हाफ म्याराथनतर्फ आर्मीकि पूर्णलक्ष्मी न्यौपानेले उपाधि हासिल गरिन् । उनले निर्धारित दुरी १ घण्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हासिल गरेकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरिन् । उनले २० हजार पाउँदा तेस्रो स्थान हासिल गर्दै कृष्णाश्वेरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर आए ।

पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले प्रथम स्थान हासिल गरे । उनले ३१ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे । रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाए ।

महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गरिन् । ५ किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रा भए । छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी प्रथम हुँदा पुर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भइन् ।

२ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे । व्हिलचेयरअन्तर्गत ट्राइसाइकल दौडमा यज्ञ बहादुर खत्री प्रथम, सेवक राम थारु दोस्रो र शेरबहादुर शाही तेस्रा भए । किड्स रनतर्फ मोडल एकेडेमी प्रथम हुँदा युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रा भए ।

म्याराथनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका थिए । उनले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा म्याराथनले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । यस्तै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले पनि म्याराथनलाई संघकै वार्षिक कार्यक्रममा राख्ने प्रतिवद्धता व्यक्त गरे ।

राखेप उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उप महासचिव पिताम्बर तिम्सिनाले पनि म्याराथनले केन्द्रबाहिरको खेलकुदमा बेग्लै पहिचान बनाएको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, उपमेयर उमा थापामगर, दुगड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेड, पूर्व ओलम्पियन वैकुण्ठ मानन्धर, आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरी, मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली, लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.