6 years ago
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धावक दीपक अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष १० हजार मिटर दौड स्पर्धामा कास्य पदक जितेका छन् ।

दीपकले निर्धारित दुरी ३० मिनेट ५०.०६ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । भारतका सुरेश कुमारले २९ मिनेट ३३.६१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जिते । दोस्रो स्थानमा श्रीलंकाका शान मुगेश्वरन रहे । उनले ३० मिनेट ४९.२० सेकेन्डमा दुरी पुरा गर्दै दीपकलाई १ सेकेन्डभन्दा कम समयले पछि पारे ।

भारतका सुरेश कुमारले दौडको सुरुवातदेखि नै कायम गरेको अग्रतालाई पुरै समय जारि राखे । उनले दोस्रो स्थानका श्रीलंकाली खेलाडीलाई समेत एक ल्यापले पछि पारेका थिए । नेपालका दीपक अधिकारीले अधिकांश समय दोस्रो स्थानमा रहँदै दौडेपनि अन्तिम ल्यापमा भने अग्रता गुमाएका थिए । अन्तिम १ सय मिटरमा श्रीलंकाका खेलाडीले आफ्नो गति बढाउँदै दीपकलाई अगाडी बढ्ने मौका नै दिएनन् ।

December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]