6 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको काठमाडौं म्याराथन अन्तरगतको हाफ म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाउदा राजन रोकाया च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला परिसरबाट शुरु भएको हाफ म्याराथनमा राजनले निर्धारित दुरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बने । दोस्रो भएका आर्मीकै हरि कुमार रिमालले १ घन्टा ११ मिनेट १३ सेकेन्डमा दुरी पुरा गरे ।

आर्मीकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डसहित तेस्रो स्थान हासिल गरे । आर्मीकै नवराज साउदले १ घन्टा ११ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै चौथो स्थान हासिल गरे ।
महिलामा आर्मीकी पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा २८ मिनेट ०३ सेकेन्डमा दुरी पार गर्दै उपाधि जितिन् । उनले यसअघि गत मंसिरमा आयोजना भएको धारा नेपालगन्ज म्याराथनमा पनि च्याम्पियन बनेकी थिइन् ।

आर्मीकै सानुमाया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् । नेपाल पुलिसकी रेखा विष्टले १ घन्टा ११ मिनेट ४० सेकेन्डसहित तेस्रो स्थान हासिल गरिन् ।
हाफ म्याराथनतर्फको महिला र पुरुष दुवैतर्फका विजेताले समान २० हजार , दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरे ।
हाफ म्याराथन त्रिुपेरश्वरबाट सुरु भएर, थापाथली, कुपण्डोल, पाटन गेट, चाकुपाट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने, कोटेश्वर चोक घुमेर पुन तिनकुने हुँदै एयरपोर्ट, गौशाला, पशुपति, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली, सहिद गेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर टुंगिनेछ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]