6 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी छिन् । शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन् ।

उनले यसअघिको लगातार दुई संस्करणमा च्याम्पियन बनेकी थिइन् । काठमाडौं म्याराथनमा समग्रमा उनको यो पाँचौ उपाधि हो । दोस्रो स्थानमा आर्मीकी सरिता वासीले ३ घण्टा १९ मिनेट ७ सेकेन्डमा पूरा गरिन् । निर्जला ताम्राकारले ३ घण्टा ४५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।
पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ । नरेन्द्र सिंह रावल च्याम्पियन बनेका छन् । दोस्रो र तेस्रो स्थान पनि आर्मीकै खेलाडीले जितेका छन् ।
नरेन्द्रले निर्धारित दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने । आर्मीकै वेद बहादुर सुनारले निर्धारित दुरी २ घन्टा ३४ मिनेट २० सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गरे । आर्मीकै ज्ञान प्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।

त्रिुपेरश्वरबाट सुरु भएको म्याराथन, थापाथली, कुपण्डोल, पाटन गेट, चाकुपाट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने, जडिबुटी, गठ्ठाघर, सुर्यविनायक चोकबाट राम मन्दिर, दौमदि साः कोठा, सिडियो कार्यालय, औधोगिक क्षेत्री हुँदै सिधा पुरानो ठिक, भीमसेन मन्दिरको दाहिनेबाट ठिमी बोडे सडकहुँदै पेप्सीकोला, जडिबुटी, तीनकुगर्ने एयरपोर्ट, गौशाला, पशुपति, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली, सहिद गेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आएर टुंगिएको थियो ।
विजेता नरेन्द्रले ५० हजार रुपैया हात पारे । दोस्रो भएको बेद बहादुर सुनारले २० हजार तथा तेस्रो भएको ज्ञान प्रसाद भट्टराइले १५ हजार रुपैया हात पारे । महिलातर्फ कान्छिले ५० हजार, सरिताले २० हजार र निर्जलाले १५ हजार रुपैयाँ प्राप्त गरे ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]