5 years ago
November 21, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाली भुमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्न सफल विभागीय नेपाल एपिएफका धावक गोपीचन्द्र पार्कीलाई आर्शिवाद पेन्ट्सका किरण कार्कीले आफ्नो घोषणा बमोजिम पुरस्कार हस्तान्तरण गरेका छन् ।

कार्कीले गोपीचन्द्रलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले शुक्रबार नेपाली भुमिमा कीर्तिमान बनाउन सफल भए २५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा गरेका थिए । २५ खेलाडीको सहभागितामा शनिबार नेपालगन्जमा भएको म्याराथनमा पार्की च्याम्पियन बन्ने क्रममा उनले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरेका थिए ।
नेपाली खेलाडीले स्वदेशमा दौड पूरा गरेको यो उत्कृष्ट समय हो । यसअघि भुमिराज राई २ घन्टा २० मिनेट ४० सेकेन्डको उत्कृष्ट समय थियो । नेपालमै आठौं राष्ट्रिय खेलकुदमा आर्मीका कृष्ण बस्नेतले २ गहनता १७ मिनेट ३३ सेकेन्डमा दुरी पूरा गरेपनि उक्त रुट अधिकारिक नभएकोले मान्यता नपाएको मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।

छैटौं धारा नेपालगन्ज म्याराथन अर्काे वर्ष जापानमा आयोजना टोकियो ओलम्पिक छनोटको प्रतियोगिताको रुपमा रहेकाले गोपीले टोकियो ओलम्पिकका लागि पनि छनोट हुन सफल भएका छन् ।
आर्शिवाद पेन्ट्सका किरण कार्कीले ओलम्पिकमा उत्कृष्ट समय निकाल्न सफल भएको अवस्थामा ५० हजार रुपैया प्रदान गर्ने घोषणा गरेका छन् । नेपाली भुमिमा उत्कृष्ट नतिजा निकाल्न सफल गोपीले ओलम्पिकमा सहभागिता नै ठुलो रहेको बताए । उनले ओलम्पिकमा पदक जित्नुभन्दा पनि आफ्नो उत्कृष्ट समय निकाल्नु रहेको र नेपालको उत्कृष्ट समयलाई आफ्नो नाममा लेखाउन प्रयत्न गरिने बताए ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]