default_image

4 years ago

April 10, 2022

नेपाल बास्केटबल लिगको तेस्रो संस्करण जेठमा हुने

379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) आगमी जेठमा हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले सोमबार एक पत्रकार सम्मेलन गर्दै लिगबार जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारी र त्यसपछिका विभिन्न कठिनाईका कारण रोकिँदै आएको थियो । पुरुष बास्केटबल लिग जेष्ठ ७ देखि सुरु हुनेछ । महिला लिग जेष्ठ १८ देखि सञ्चालन गराइने आयोजकले जनाएको छ । दुई महिनासम्म सञ्चालन हुने एनबिएल नेपालकै सबैभन्दा लामो तथा ठूलो बास्केटबल लिग हो । दुवै बिधाको प्लेअफ खेलहरु असार ३२ देखि सुरु हुनेछन् भने फाइनल श्रावण ७ मा हुनेछ ।

घोषणा कार्यक्रममा आयोजक एनबिएल अध्यक्ष नमित थापा, आयोजक समितिका अध्यक्ष अरुण कार्की, राष्ट्रिय टोलीका कप्तान सधिश प्रधान, एप्सले र अस्ट्रलकी मालिक क्रुती सिंधे तथा लिनिङ नेपालका सीइओ राजन महर्जनको उपस्थिति थियो ।

एनबिएल (पुरुष) तर्फ टाइम्स इन्टरनेशनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेशनल क्लब, रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लब सहभागी हुने पक्का भएको छ । विशाल मिलन केन्द्र (बीएमके) र क्याम्पियन सोलोले पनि प्रतिस्पर्धा गर्नेछन् ।

महिला नेपाल बास्केटबल लिगतर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसए नेपाल र कीर्तिपुर बास्केटबल क्लबले सहभागीता जनाउने निश्चित भएको छ ।

दुवै महिला र पुरुष डबल राउण्ड रोबिन लिगका आधामा होम एण्ड अवे गरि दुई-दुई खेल खेल्नेछन । दुई चरणको लिगपछि शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । दुवै प्रतियोगिता ६५ दिनसम्मका लागि सञ्चालन हुनेछन् । पुरुषतर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुनेछन् ।

प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् । विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ । तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् । विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसंग फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

एनबिएल पुरुष प्रथम हुने क्लबले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । एनबिएल डब्लुएनबिएलतर्फको प्रथम हुनेले १ लाख र दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवै विधामा हरेक खेलको एमभिपीले ३ हजार पाउने छन् । दुवै विधाका फाइनल्ससम्मका एमभिपी रु १० हजार बराबरको गिफ्ट भौउचर पाउनेछन् । उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले पनि १० हजार बराबरको गिफ्ट भौउचर पाउनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा वि सोलुसन प्रालि रहेको छ । व्यापार परामर्श कम्पनी वि सोलुसनले १० लाख बराबरको लजिस्टिक सहयोग र जनशक्ति प्रदान गर्नेछ । सानिमा जनरल इन्स्योरेन्सले प्रतियोगितामा सहभागी प्रत्येक खेलाडी, प्रशिक्षक, रेफ्रि र स्वयंसेवकहरुको रु ५ लाख बराबरको बिमा गराएकोछ । सानिमा लगातार दोश्रो संस्करण एनबिएलसँग आबद्ध रहेको हो ।

अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीले नगद डेढ लाख, एस्ट्रल स्किल्स इन्स्टिच्युट अफ अष्ट्रेलियाले एक लाख र एप्स्ली कलेजले एक लाखको प्रायोजन गरेको छ । भिभिङ एजुकेशनले पनि नगद र एमभिपी प्रायोजनमा एक लाख बराबरको सहयोग गर्नेछ । खेल समाग्री बितरक लि निंगले एनबिएललाई बास्केटबल सामग्री प्रदान गर्नेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.