6 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय ३ बाइ ३ बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ३ बाइ ३ बास्केटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले श्रीलंकालाई २१-९ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । नेपालले यससँगै लिग चरणमा श्रीलंकासँग भोगेको हारको बदला पनि लिएको छ ।
नेपालले अब स्वर्ण पदकका लागि आज नै भारतको सामना गर्नेछ । लिग चरणमा नेपाल भारतसँग पनि पराजित भएको थियो । उक्त खेलमा नेपालले भारतमाथि दवाव बनाएपनि अन्तिम समयमा खेलमा पकड गुमाएको थियो ।
नेपालले फुल कोर्ट बास्केटबलतर्फ पनि आज सेमिफाइनल खेल्दैछ । पुरुषतर्फ नेपालले भारतसँग खेल्दैछ भने महिलातर्फ माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]