6 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलको फाइनल पुगेको छ । माल्दिभ्सलाई हराउँदै नेपाल टोली पहिलो पटक सागको फाइनलमा पुगेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ६८–५५ हराउँदै कम्तीमा रजत पदक पक्का गरेको छ । मंगलबार हुने फाइनलमा नेपालले भारतको सामना गर्नेछ ।
नेपालले पहिलो क्वार्टरदेखि नै खेल नियन्त्रणमा राखेको थियो । पहिलो क्वार्टरमा १९–१३ ले अघि लागेको नेपालले दोस्रो क्वार्टरमा १६–१४ को अग्रता बनायो । तेस्रो क्वार्टरमा नेपाली टोलीले प्रदर्शन सुधार गरेको थियो । तेस्रो क्वार्टरमा नेपालले २०–११ अग्रता बनाउन सफल भयो । चौथो तथा अन्तिम क्वार्टरपमा नेपाल १३–१७ ले पछि परेपनि त्यसले नतिजामा खासै फरक पारेन ।
पहिलो सेमिफाइनलमा भुटानलाई पराजित गर्दै फाइनलमा पुगेको छ । भुटान र माल्दिभ्स कास्यका लागि प्रतिस्पर्धा गर्ने छन् । सोमबार नै नेपालले पुरुषको पुरुष थ्री अन थ्री बास्केबलमा रजत पदक जितेको थियो । पुरुषको फुलकोर्ट बास्केबलमा भने नेपाली टोली सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]