default_image

6 years ago

December 20, 2019

साग पदक विजेता बास्केटबल कप्तान सदिशलाई पुत्री लाभ

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल टोलीका कप्तान सदिश प्रधानले पुत्री लाभ गरेका छन् । सदिश र सृजना ताम्राकारको पहिलो सन्तानका रुपमा छोरीको जन्म बिहीबार बिहान ४ बजे मेडिसिटी अस्पतालमा भएको थियो । सदिशका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

सदिशकै नेतृत्वमा नेपालले गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बास्केटबलमा कास्य पदक जितेको थियो । पुरुष बास्केटबल टोलीले जितेको त्यो पहिलो पदक हो । सदिश र सृजनाको विवाह १२ औं साग (सन् २०१६) को केहि दिन अघि भएको थियो ।

सदिशका पिता धिरेन्द्र प्रधान पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव समेत रहेको धिरेन्द्र प्रधान सागका स्वर्ण पदक विजेता हुन् । उनी सम्मिलित टोलीले सन् १९८४ मा स्वदेशमा भएको पहिलो सागमा स्वर्ण पदक जितेको थियो ।

सदिश उनै कप्तान हुन् जसले प्रधानमन्त्री केपी शर्मा ओलीले सागका पदक विजेता खेलाडी र टोलीका लागि घोषणा गरेको पुरस्कारमा असन्तुष्टी व्यक्त गरेका थिए । प्रधामन्त्री ओलीले व्यक्तिगततर्फ स्वर्ण जित्ने खेलाडीलाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

प्रधामन्त्रीले समूहगत खेलको स्वर्ण पदक विजेता टोलीका सदस्यलाई ५ लाख दिने घोषणा गरेपनि रजत र कास्य पदक विजेता टोलीका खेलाडीलाई दिने पुरस्कारको घोषणा गरेका थिएनन् । सरकारले व्यक्तिगत र समूहगत पदकलाई फरक व्यवहार गरेको भन्दै सदिशले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालसँगै घोषणा कार्यक्रमपछि गुनासो गरेका थिए ।

तर, सदस्य सचिव सिलवालले व्यक्तिगत र समूहगत खेलको पुरस्कारमा संसारभर त्यस्तै अभ्यास हुने दाबी गरेका थिए । सदिशले सदस्य सचिव सिलवाललाई प्रश्न गरेका थिए, ‘व्यक्तिले जित्ने पदक र समूहले जित्ने पदकको अन्तर के हो’ ? त्यो प्रश्नपछि सिलवाल सदिशसहित उनको टोलीसँग आक्रोशित भएका थिए । खेलाडीहरुको अविभावक भन्दै दाबी गर्ने सदस्य सचिवकै त्यो व्यवहारबाट बास्केटबल खेलाडी अचम्मित भएका थिए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.