default_image

6 years ago

January 10, 2020

एनबिएल थ्रि बाई थ्रि वेष्टलाई लिनिङ्गको साथ

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने नेपाल बास्केट बल लिग (एनबिएल) थ्रि बाई थ्रि बेष्टलाई खेलकुद सागाम्री निर्माण कम्पनी लिनिङ्गले प्रायोजन गरेको छ ।

एनबिएल प्राइभेट लिमिटेड र लिनिङ्ग नेपालबीच एनबिएल थ्रि बाई थ्रि वेष्टका लागि शुक्रबार सम्झौता भएको छ । सम्झौता पत्रमा लिनिङ्ग नेपालका कन्ट्री हेड राजेन महर्जन र एनबिएल प्राइभेट लिमिटेडका अध्यक्ष नमित बहादुर थापाले हस्ताक्षर गरे ।

लिनिङ्गले सम्झौता बापत एनबिएललाई ५ लाख रुपैयाँ नगद र सोही रकम बराबरको बास्केटबल सामग्रि प्रदान गर्ने बताइएको छ । प्रतियोगिताको नाम अब लिनिङ्ग थ्रि बाई थ्रि वेष्ट रहनेछ ।
अध्यक्ष थापाले लिनिङ्गसँगको सम्झौतामा खुसी व्यक्त गरे ।

‘हामीले यसअघि एनबिएल थ्रि बाई थ्रि इस्टको आयोजना गर्दा चारैतर्फ बाट निकै राम्रो प्रतिक्रिया पाएको थियौं ,’ उनले भने,‘ वेष्टमा पनि त्यही अनुसारको प्रतिक्रिया आएको छ । लिनिङ्गको सम्झौताले हामीलाई यो प्रतियोगितालाई अझ व्यवस्थित रुपले अघि बढाउन सहयोग पु¥याएको छ ।’

एनबिएल थ्रि बाई थ्रि वेष्ट पश्चिमका ३ शहर पोखरा, बुटवल र धनगढीमा हुनेछ । कम्तिमा पनि २० टोलीको सहभागिता रहने पोखरा लेग पौष २९ र ३० गते हुनेछ । बुटवल लेग माघ ४ गते हुनेछ । त्यहाँ १४ टोलीको सहभागिता रहनेछ ।

यस्तै धनगढीमा हुने प्रतियोगिता माघ ६ गते हुनेछ । ३ वटै लेगमा फाइनल प्रवेश गर्ने टोली धनगढीमै हुने एनबिएल वेष्टको फाइनलमा माघ ८ र ९ गते भिड्नेछन् । उपाधि विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले लिनिङ्गको जुत्ता पनि पाउनेछन् ।

लिनिङ्गका कन्ट्री हेड महर्जनले नेपाल बास्केटबल लिगले गर्दै आएको यो प्रतियोगिताले नेपाली बास्केटबलको प्रबद्र्धनमा निकै राम्रो काम गरिरहेको बताए । उनले भने, ‘ प्रतियोगिता नेपालका पश्चिम भागमा लिएर जादा त्यो स्थानका खेलाडीहरुले राम्रो एक्सपोजर पनि पाउनेछन् भने लिनिङ्गले पनि ती स्थानहरुमा बजार स्थापित गर्ने सम्भावना हुन्छ ।’

एनबिएलले यसअघि थ्रि बाई थ्रि इस्ट आयोजना गरेको थियो । थ्रि बाई थ्रि इस्ट पूर्व विराटनगर, धरान र बिर्तामोडमा आयोजना भएको थियो । एनबिएलले देशको एकमात्र होम एण्ड अवे नेपाल बास्केटबल लिगको दुई संस्करणको आयोजना गरिसकेको छ भने महिला बास्केटबल लिगको पहिलो संस्करणको पनि यसै बर्ष देखि सुरु गरेको थियो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.