default_image

6 years ago

January 14, 2020

कास्की बन्यो थ्री बाई थ्री पोखरा च्याम्पियन

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कास्की बास्केटबल संघ लिनिङ थ्री बाई थ्री वेष्ट पोखराको च्याम्पियन बनेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको उपाधि भिडन्तमा रामघाट बौद्ध शान्ति क्लबलाई १६–१४ ले हराउँदै कास्की च्याम्पियन बनेको हो ।

यद्यपि फाइनलमा पुगेका दुवै टोलीले अब धनगढीमा हुने थ्री बाई थ्री वेस्ट प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल बास्केटबल लिगको आयोजनामा भइरहेको थ्रि बाई थ्रि वेष्ट अन्तर्गत पोखरापछि अब बुटवल र धनगढीमा पनि प्रतियोगिता हुनेछ । बुटवल लेग माघ ४ गते हुनेछ भने धनगढी लेग माघ ६ गते आयोजाना हुनेछ ।

पोखरामा सहभागि टोलीहरुलाई डबल एलिभिनेसन राउण्डमा खेलाइएको थियो । योङ ब्रदर्श र एलसी ब्रदर्श सेमिफाइनल पुग्ने अन्य दुई टोली रहेका थिए । सेमिफाइनलमा कास्कीले योङ ब्रदर्शलाई २१–१७ र रामघाटले एलसी ब्रदर्शलाई १७–१५ ले पराजित गरेका थिए । प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई पुलमा विभाजन गरिएको थियो ।

हरेक शहरबाट फाइनल पुग्ने दुई–दुई टोली माघ ८ र ९ गते हुने थ्री बाई थ्री वेस्ट फाइनलमा भिड्नेछन् । फाइनलको विजेता र उपविजेताले ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसअघि आयोजक नेपाल बास्केटबल लिग प्रालिले एनबिएल इस्टको पनि आयोजना गरेको थियो । वेस्ट प्रतियोगिता समापनपछि एनबिएलले सेन्ट्रलको पनि आयोजना गर्नेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.