6 years ago
January 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स क्लबले लिनिङ थ्रि बाई थ्रि बास्केटबल अन्तर्गत बुटवल लेगको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा टाइम्सले न्यु होराइजन क्लबलाई १४–११ ले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल प्रवेश गरेका दुवै टोलीले अब धनगढीमा हुने थ्रि बाई थ्रि वेष्टको उपाधिको लागि खेल्नेछन् । थ्रि बाई थ्रि वेष्टको पोखरा लेगको उपाधि भने कास्की बास्केटबल संघले जितेको थियो । पोखराबाट कास्की र रामघाट धनगढीमा हुने फाइनलका लागि प्रवेश गरेका थिए ।
धनगढी लेग माघ ६ गते हुनेछ । वेष्टको फाइनल ८ र ९ गते हुनेछ । तीनवटै शहरबाट फाइनल पुग्ने टोलीहरु उपाधिका लागि भिड्नेछन् । फाइनलका बिजेता र उपबिजेताहरुले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा लेगमा १२ र बुटवल लेगमा १० टिमहरुको सहभागिता रहेको थियो र सहभागी टिमहरुलाई डबल एलिमिनेस फम्र्याटमा खेलाइएको थियो । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले यसअघि थ्रि बाई थ्रि इस्टको पनि आयोजना गरेको थियो । एनबिएलले थ्रि बाई थ्रि सेन्ट्रलको पनि आयोजना गर्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]