default_image

6 years ago

January 23, 2020

कास्कीलाई थ्रि बाई थ्रि वेष्टको उपाधि

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कास्की बास्केटबल संघले लि–निङ थ्रि बाई थ्रि वेष्टको उपाधि जितेको छ । बिहीबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको फाइनलमा कास्कीले टाइम्स क्लब ‘ए’ लाई २१–१४ ले पराजित गर्दै उपाधि जितेको हो ।

थ्रि बाई थ्रि वेष्टको फाइननमा ६ टोलीले स्थान बनाएका थिए । पश्चिमका तीन शहरहरु पोखरा, बुटवल र धनगढीका विजेता र उपविजेताले फाइननमा स्थान बनाएका थिए । कास्की पोखरा लेगको विजेता तथा टाइम्स धनगढी लेगको विजेता रहेको थियो ।

बुटलवबाट टाइम्स क्लब ‘बी’ र न्यु होराइजन क्लब फाइनलका लागि छनोट भएका थिए । रामघाट पोखरा र सुदुरपश्चिम फाउण्डेशन धनगढी फाइनल खेल्ने अन्य दुई टोली रहेका थिए । सहभागि टिमलाई दुई समुहमा विभाजन गरि डबल एलिमिनेसन संरचनामा खेलाइएको थियो ।

विजयी कास्कीले उपाधिसहित ५० हजार रुपैया र दोस्रो भएको टाइम्स ‘ए’ ले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर कास्कीका सोनाम पुन घोषित भए । उनले लि–निङको तर्फबाट जुत्ता पाए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.