default_image

4 years ago

February 20, 2020

व्हाइटहाउस यू-१८ राष्ट्रिय बास्केटबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा जेभियर इन्टरनेसनललाई पराजित गर्दै व्हाइटहाउस च्याम्पियन बनेको छ । बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो । ह्वाइटहाउसलाई उपाधि दिलाउने क्रममा सुरज खत्रीले एक्लैले २३ अंक जोडेका थिए । पराजित जेभियरका लागि सगर तामाङले २६ अंक […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा जेभियर इन्टरनेसनललाई पराजित गर्दै व्हाइटहाउस च्याम्पियन बनेको छ ।

बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो । ह्वाइटहाउसलाई उपाधि दिलाउने क्रममा सुरज खत्रीले एक्लैले २३ अंक जोडेका थिए । पराजित जेभियरका लागि सगर तामाङले २६ अंक जोडे ।

पहिलो क्वाटरमा १०–८ को अह्रता लिएको व्हाइटहाउसले दोश्रो क्वाटर १४–१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो क्वाटरमा २०–७ को अग्रता लिएपछि जित सुनिश्चित पारेको व्हाइटहाउस चौथोमा सेटमा भने १८–१२ ले पछि पर्यो । विजेता ह्वाइटहाउसका विशाल मोक्तान प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने छ ।

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

March 7, 2024

थ्री वाइ थ्री बास्केटबलको ब्राण्ड एम्बास्डर अभिनेता शाही

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ । ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले […]

February 23, 2024

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]

Success

Thank you for your time.