5 years ago
October 12, 2020
एजेन्सी – लस एन्जेलस लेकर्सले १७ औं पटक एनबीए उपाधि जितेको छ । मायमी हिटलाई छैटौं खेलमा १०६-९३ ले पराजित गर्दै फाइनल सिरिज लेकर्सले ४-२ ले जितेको हो ।

फाइनल्सको एमभीपी घोषित लेब्रन जेम्सले ट्रिपल डबल प्रदर्शन गरे । उनले २८ अंक, १४ रिबाउन्ड र १० असिस्टको प्रदर्शन गरे । एन्थोनी डेभिस र राजोन रोन्डोले १९-१९ अंक योगदान दिएपछि लेकर्सको जित सम्भव भएको थियो ।
पहिलो हाफमा नै लेकर्सले फराकिलो अग्रता बनाउँदै जिततर्फ उन्मुख देखिएको थियो । पहिलो क्वाटरमा २८-२० ले अघि रहेको लेकर्स दोस्रो क्वाटरको अन्त्यमा ६४-३६ ले अगाडी रहेको थियो । पछिल्लो दुई क्वाटरमा हिटले पुनरागमनको प्रयास गरेपनि अन्त्यमा लेकर्सले १०६-९३ को जित हासिल गर्यो ।
लेकर्सको यो कीर्तिमानी १७ औं उपाधि हो । सर्वाधिक उपाधि जित्ने कीर्तिमानमा लेकर्सले बोस्टन सेल्टिकसँग बराबरी गरेको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]