default_image

5 years ago

March 21, 2021

एनबिएलले पायो अष्ट्रेलियाली युनिभर्सिटीको साथ

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बास्केटबलको शीर्ष प्रतियोगिता नेपाल बास्केटबल लिग (एनबिएल) ले अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीसँग युनिभर्सिटी साझेदारको रुपमा सम्झौता गरेको छ ।

तेश्रो संस्करणको नेपाल बास्केटबल लिग २०७८ साल जेठ महिनाको अन्तिम सातादेखि सुरु हुँदैछ । सोहि समयमा दोश्रो संस्करणको महिला बास्केटबल लिग पनि आयोजना हुनेछ । गतवर्ष कोरोना भाइरसका कारण एनबिएल स्थगित भएको थियो ।

एनबिएलका प्रमुख कार्यकारी अधिकृत नमित बहादुर थापा र साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री म्यानेजर सुभी प्रधानले आइतबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अुनसार करिब दुई महिना चल्ने एनबिएलमा साउदर्न क्रस युनिभर्सिटीसँगै कलेजको लक्ष्यहरुको पनि प्रवर्द्धन गरिने सिइओ थापाले बताए । सम्झौता रकम भने खुलाइएको छैन ।

‘यसपटक हाम्रो पहिलो साझेदारको रुपमा साउदर्न क्रसलाई भित्र्याउन पाँउदा हामी निकै खुशी छौं । नेपालमा प्रतिस्पर्धात्मक बास्केटबललाई टिकाइराखेको एनबिएलले अझै साझेदार पाउनेमा हामी विश्वस्थ छौं,’ थापाले भने ।

एनबिएलको पहिलो संस्करणको उपाधि गोल्डेन गेट इन्टरनेशनल क्लब तथा दोश्रो संस्करणमा टाइम्स इन्टरनेशनल क्लबले जितेको थियो । यस्तै महिलाको पहिलो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो । प्रतियोगितामा विदेशी खेलाडीहरुको पनि सहभागिता रहने गरेको छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.