default_image

4 years ago

August 18, 2021

गुरुङ बास्केटबल संघको कार्यवाहक अध्यक्ष

459 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघका उपाध्यक्ष भीम सिंह गुरुङ संघको कार्यवाहक अध्यक्ष चयन भएका छन् । लामो समयदेखि संघका अध्यक्ष लामा टेण्डी शेर्पा अस्वस्थ रहेपछि उनकै प्रस्तावमा गुरुङ मंगलबार कार्यवाहक चुनिएका हुन् । पछिल्लो निर्वाचनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

उपचारका क्रममा रहेका शेर्पा भर्चुअल र अन्य पदाधिकारीसहित ९ जनाको भौतिक उपस्थितिमा गुरुङलाई कार्यवाहक अध्यक्ष चयन गरिएको संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । ‘हाम्रो अध्यक्षले फिब र फिब एसियामा पत्राचार गराएर जानकारी दिनुभएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले हिजो बैठक बसेर त्यसलाई औपचारिक रुपमै अनुमोदन गरेका छौं ।’ शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगका कारण थला परेका छन् ।

चार वर्षे कार्यकाल गत कात्तिकमा नै पूरा भएपनि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता कुनै पनि संघको निर्वाचन हुन सकेको छैन । नियमावली तयार भएपछि संघ निर्वाचनमा जाने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएपनि अहिले सम्म कुनै प्रक्रिया अघि बढेको छैन । महासचिव थापाले कार्यवाहक अध्यक्ष चयन गरेको विषयमा राखेप र नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराइने बताए ।

संघको हिजोको बैठकले कोभिड १९ संक्रमणको अवस्था सहज भएपछि बास्केटबल गतिवधिलाई अघि बढाउने विषयमा पनि छलफल गरेको थापाले जानकारी दिए । बास्केटबलले झन्डै दुई वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ वटा पदक जितेको थियो ।

कार्यवहाक अध्यक्ष गुरुङले अध्यक्ष शेर्पाले नै आफूलाई अघि बढाएकोले भविष्यमा उहाँले गरेको कामलाई निरन्तरता दिदै बास्केटबललाई पूरानै अवस्थामा पुर्याउन कोशिस गर्ने बताए । ‘टेण्डी दाई अस्वस्थ हुँदा बास्केटबल विकासमा त्यसले ठूलो असर गरेको थियो ,’ उनले भने, ‘अब दाईको चाहना अनुसार हामीले जिम्मेवार पाएका छौं र आउने दिनमा आक्रामक रुपमा सबैको सहयोगमा बास्केटबल विकासमा जुट्नेछौं । बास्केटबल परिवार सबैलाई साथमा लिएर अघि बढ्नेछौं ।’

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.