default_image

3 years ago

April 2, 2022

दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध अर्धशतक पूरा गरेका छन् । दीपेन्द्रले ३६ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरे ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ३८ बलमा ७ चौकासहित ५२ रनमा अविजित छन् । दीपेन्द्रले पपुवा न्युगिनीविरुद्ध ६६ रन बनाएका थिए ।

तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।

तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू आउट गरे । उनले ८ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए । उनले ९ बलमा ३ चौका प्रहार गरे ।

October 31, 2024

हङकङ सिक्सेस – नेपाल र इङ्ग्ल्याण्ड शुक्रवार खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – २०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले इङ्ग्ल्याण्डको सामना गर्दैछ । खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु हुनेछ । ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप […]

October 31, 2024

आइपिएल रिटेन्सन समाप्त – रिटेन्सनको सुची यस्तो बन्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ । आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक गरेको छ । कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे : –चेन्नई सुपर किंग्स ऋतुराज गायकवाड १८ करोड […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.