default_image

2 years ago

September 19, 2022

फाइनलमा भारतलाई हराएको टोलीले सुरुवात गर्ने

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ च्याम्पियनसिपको फाइनलका लागि सुरुवाती ११ को घोषणा गरेको छ । प्रशिक्षक कुमार थापाले सेमिफाइनलमा भारतलाई हराएको टोलीलाई नै निरन्तरता दिएका छन् ।

प्रशिक्षक कुमार थापाले सेमिफाइनलमा भारतलाई पराजित गरेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् । डेंगी संक्रमणका कारण विश्राममा रहेका सावित्रा भण्डारी र मन्जलीकुमारी योन्जन दुवै बेन्चमा रहेका छन् ।

गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा नियमित छिन् । उनले हालसम्म प्रतियोगितामा कुनै गोल खाएकी छैनन् । डिफेन्सको जिम्मेवारी पुन: गीता राना र पुनम जर्घा मगरले सम्हाल्नेछन् । गीता प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् । लेफ्ट ब्याकमा हिरा भुजेल र राइट ब्याकमा अमृता जैशी खेल्नेछन् ।

मिडफिल्डमा दीपा शाही र सरू लिम्बु खेल्नेछन् । सबै खेलमा सुरुवाती रोजाइमा परेका यी दुईले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । विंगमा अनिता बस्नेत र अनिता केसीले खेल्नेछन् । आक्रमणमा पुन: एकपटक रश्मी कुमारी घिसिङ र प्रिती राई छन् । भारतविरुद्ध यिनै दुईको समन्वयमा गोल निस्केको थियो ।

यो पनि :

साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने मौका

नेपाल र बंगलादेशबीचको फाइनल संयोग

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा उपाधि जित्ने अवसर

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.