5 years ago
August 15, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीच क्वाटरफाइनल चरण अन्तर्गतको तेस्रो खेल केहीबेरमा सुरु हुँदैछ ।

खेलको लागि सुरुवाती रोजाईको घोषणा हुँदा बार्सिलोनाले अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा नेपोलीविरुद्ध जित हासिल गर्दा प्रतिबन्धमा रहेका सर्जियो बुस्केट्ससँगै आर्टुरो भिडालले पहिलो रोजाईमा पुनरागमन गरेका छन् । यी दुईसँगै सर्जी रोबर्टो र फ्रेन्की डे जोङले बार्सिलोनाको मिडफिल्ड जिम्मेवारी सम्हाल्नेछन् ।
आक्रमणमा कप्तान लिओनेल मेस्सी र लुइस सुआरेज रहेका छन् । एन्टोइन ग्रिजमन भने बेन्चमा रहेका छन् । डिफेन्समा क्लेमेन्ट लेङलेट र जेरार्ड पिकेसँगै नेल्सन सेमेडो र जोर्डी अल्बा रहेका छन् । गोलरक्षकमा जर्मनीका मार्क आन्दर टेर स्टेगनले नै निरन्तरता पाएका छन् । फ्रान्सेली विंगर ओस्मान डेम्बेलेको नाम पनि बेन्चमा रहेको छ ।
यता बायर्नले चेल्सीविरुद्ध ४-१ को जित हासिल गर्दा खेलाएको टोलीलाई नै पहिलो रोजाईमा उतारेको छ । यससँगै बार्सिलोनाबाट लोनमा आएका मिडफिल्डर फिलिपे कोउटिन्होले पहिलो रोजाइमा स्थान बनाउन सकेनन् । बायर्नका कप्तान म्यानुएल नोएर गोलरक्षकमा छन् । डिफेन्समा जोशुआ किम्मिच, जेरोम बोटेङ, डेविड अलावा र अल्फोन्सो डेभिसले खेल्दैछन् ।
मिडफिल्डमा बार्सिलोनाको एकेडेमीमै हुर्केका थियागो अलाकान्तारा छन् । उनलाई लिओन गोरेट्जका र थोमस मुलरले साथ दिनेछन् । आक्रमणमा रोबर्ट लेवान्डोस्की एकल फरवार्डका रुपमा छन् । विंगरद्वय सर्ज जिनाब्री र इभान पेरिसिचले लेवान्डोस्कीलाई साथ दिनेछन् ।
बार्सिलोना लगातार १३ औं सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने एक्लो टोली बनेको छ । तर टोलीले प्रतियोगितामा सर्वाधिक हार बेहोरेको टोली पनि बायर्न नै हो । हालसम्म बायर्नले बार्सिलोनासँग खेलेको ८ मध्य ५ खेलमा जित हासिल गरेको छ । बार्सिलोनाले च्याम्पियन्स लिगको पछिल्लो ३१ खेलमा २ खेल मात्र हारेको छ । बार्सिलोनासँगै बायर्न म्युनिख र म्यानचेस्टर सिटी यस सिजनको अपराजित टोली हुन् ।
यो पनि पढ्नुहोस :
बायर्न विरुद्ध बार्सिलोना : नजर उत्कृष्ट फरवार्डमा
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]