5 years ago
August 15, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीच क्वाटरफाइनल चरण अन्तर्गतको तेस्रो खेल केहीबेरमा सुरु हुँदैछ ।

खेलको लागि सुरुवाती रोजाईको घोषणा हुँदा बार्सिलोनाले अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा नेपोलीविरुद्ध जित हासिल गर्दा प्रतिबन्धमा रहेका सर्जियो बुस्केट्ससँगै आर्टुरो भिडालले पहिलो रोजाईमा पुनरागमन गरेका छन् । यी दुईसँगै सर्जी रोबर्टो र फ्रेन्की डे जोङले बार्सिलोनाको मिडफिल्ड जिम्मेवारी सम्हाल्नेछन् ।
आक्रमणमा कप्तान लिओनेल मेस्सी र लुइस सुआरेज रहेका छन् । एन्टोइन ग्रिजमन भने बेन्चमा रहेका छन् । डिफेन्समा क्लेमेन्ट लेङलेट र जेरार्ड पिकेसँगै नेल्सन सेमेडो र जोर्डी अल्बा रहेका छन् । गोलरक्षकमा जर्मनीका मार्क आन्दर टेर स्टेगनले नै निरन्तरता पाएका छन् । फ्रान्सेली विंगर ओस्मान डेम्बेलेको नाम पनि बेन्चमा रहेको छ ।
यता बायर्नले चेल्सीविरुद्ध ४-१ को जित हासिल गर्दा खेलाएको टोलीलाई नै पहिलो रोजाईमा उतारेको छ । यससँगै बार्सिलोनाबाट लोनमा आएका मिडफिल्डर फिलिपे कोउटिन्होले पहिलो रोजाइमा स्थान बनाउन सकेनन् । बायर्नका कप्तान म्यानुएल नोएर गोलरक्षकमा छन् । डिफेन्समा जोशुआ किम्मिच, जेरोम बोटेङ, डेविड अलावा र अल्फोन्सो डेभिसले खेल्दैछन् ।
मिडफिल्डमा बार्सिलोनाको एकेडेमीमै हुर्केका थियागो अलाकान्तारा छन् । उनलाई लिओन गोरेट्जका र थोमस मुलरले साथ दिनेछन् । आक्रमणमा रोबर्ट लेवान्डोस्की एकल फरवार्डका रुपमा छन् । विंगरद्वय सर्ज जिनाब्री र इभान पेरिसिचले लेवान्डोस्कीलाई साथ दिनेछन् ।
बार्सिलोना लगातार १३ औं सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने एक्लो टोली बनेको छ । तर टोलीले प्रतियोगितामा सर्वाधिक हार बेहोरेको टोली पनि बायर्न नै हो । हालसम्म बायर्नले बार्सिलोनासँग खेलेको ८ मध्य ५ खेलमा जित हासिल गरेको छ । बार्सिलोनाले च्याम्पियन्स लिगको पछिल्लो ३१ खेलमा २ खेल मात्र हारेको छ । बार्सिलोनासँगै बायर्न म्युनिख र म्यानचेस्टर सिटी यस सिजनको अपराजित टोली हुन् ।
यो पनि पढ्नुहोस :
बायर्न विरुद्ध बार्सिलोना : नजर उत्कृष्ट फरवार्डमा
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]