default_image

3 years ago

September 10, 2021

नेपाललाई सम्हाल्दै ज्ञानेन्द्र र रोहित

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीसँगको दोस्रो ऐतिहासिक ओडिआई खेलमा खराब सुरुवात गरेको नेपाललाई युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्दै छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती १३ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ […]

98 views

0 Bookmark

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीसँगको दोस्रो ऐतिहासिक ओडिआई खेलमा खराब सुरुवात गरेको नेपाललाई युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्दै छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती १३ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल ३७ बलमा ३ चौका सहित २१ रनमा अविजित छन् । रोहित कुमार पौडेल २६ बलमा १ छक्का सहित १३ रनमा खेलिरहेका छन् । तेस्रो विकेटका लागि रोहित र ज्ञानेन्द्रले ४३ रनको अविजित साझेदारी गर्दै नेपालको उकासेका छन् ।

खराब सुरुवात गर्नेक्रममा नेपालका दुवै ओपनर दोहोरो अंक बनाउन नपाउँदै आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका । तीव्र गतिका बलरमा कौना भागीको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए । कौनाले डेब्यू विकेट लिए ।

तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि रोहित र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयास गरेका छन् ।

नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल खेलिरहेको छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई नेपालले २ विकेटले पराजित गरेको थियो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो ।

पछिल्लो अपडेट : ज्ञानेन्द्र र रोहितको नयाँ कीर्तिमान

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.