April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता दोस्रो दिन मंगलवार टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब विजयी भएको छ। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको मंगलवारको खेलमा समूह खमा न्यु डायमण्डले धुलिखेल नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्ड समूह विजेता र धुलिखेल उपविजेताका […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपा दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता पहिलो दिन सोमवार ललितपुर उपमहानगरपालिका र प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी विजयी भएका छन्। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको पहिलो खेलमा ललितपुरले महाभारत गाउँपालिकालाई २५-३,२५-५,२४-१४ ले हरायो। दोस्रो खेलमा प्रोफेसनलले पनौती नगरपालिकालाई २५-११,२५-१५,२५-२० ले पराजित गर्यो। बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको […]
April 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को महिना आयोजना हुनेछ। आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै ६ टोलीको सहभागितामा २०८२ वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुने जानकारी दिएको छ। प्रतियोगितालाई विगतमा जस्तै केएनपी निरोलेकले मुख्य प्रायोजन गरेको छ । प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी निरोलेकका […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लाइन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एम को आयोजनामा अर्को महिना लाइन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हलमा २०८२ वैशाख १८ देखि २२ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। आयोजकका डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले २ विदेशीसहित ६ टोलीको सहभागिता रहने जानकारी दिए । नेपालका ३ विभागिय टोली […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]