August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ लायन्स कर्पोरेट सोसियल अवार्डबाट सम्मानित भएकी छिन्। लायन्स इन्टरनेसनलले शनिबार आयोजना गरेको कार्यक्रममा खेलकुदबाट एरिकासहित अलग क्षेत्रका व्यक्तित्वहरु एकैथलोमा सम्मानित भएका हुन्। एरिकालाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको थियो।एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी […]
July 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् । राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आइतबार […]
April 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढि रकमसहित सम्मानित भएकी छिन्। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ […]
April 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएस ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्। अमेरिकाको टेक्ससको ह्युसटनमा नेपालीहरुले एरिका र आफूलाई सम्मानित गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। उनीहरुलाई १ हजार ५ सय अमेरिकी डलर सहित सम्मा गरिएको हो। २८ मार्चदेखि अप्रिल १ सम्म टेक्ससमा भएको युएस ओपन […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदकमा चित्त बुझाउनु परेको छ। सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३-२ ले पराजित भएकी हुन्। त्यसअघि यु २१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ […]
February 3, 2024
ललितपुर (हाम्रो खेलकुद)- चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले राष्ट्रिय प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार स्वर्ण पदक जितेकी हुन्।सातदोबाटोमा स्थिति कराते हलमा कुमुते महिला ६८ केजीमाथिको तौल समूहमामा […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप ) अन्तर्गतको राष्ट्रिय टिम तयारीले २० औं एसियाली खेलकुद (एसियाड) लाई लक्षित गर्दै ५ खेलको विशेष प्रशिक्षण सुरु गर्ने भएको छ । कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो गरि ५ वटा खेलहरुको नियमित प्रशिक्षण सन्चालान गर्ने राखेप सदस्य सचिव टंकलाल घिसिङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पदक […]
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) लाई मध्यनजर गर्दै अर्को साताबाट ५ खेलको प्रशिक्षण सुरु गर्ने भएको छ । विगतमा भन्दा नेपालको सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गरिने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय […]
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]