default_image

राष्ट्रिय खेलकुद परिषद्

August 13, 2019

संगिताको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खैलकुद)-विभागीय नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा एकै दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । मरु बैङक्वेटमा सोमबारबाट शुरु भएको प्रतियोगिताको पहिलो दिन संगिता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छिन् । उनले स्न्याचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ […]

August 12, 2019

एसिया प्यासिफिक च्याम्पियनसिपमा तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तीन खेलाडीले थाइल्यान्डको बैंककमा आयोजना हुने एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । संघले सोमबार राजधानीमा १२औं दक्षिण एसियाली एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा तीन खेलाडीले एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जानकारी गराएको छ […]

August 11, 2019

राखेपको भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी गोष्ठी

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी आइतबार गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीले भौतिक पुर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गरेको थियो । १३ औं सागको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने बताइएको छ । गोष्ठीको उद्घाटन युवा […]

August 10, 2019

‘१३ औं साग निर्धारित समयमै हुन्छ’ – सदस्यसचिव सिलवाल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसयाली खेलकुद प्रतियोगिता (साग) निर्धारित मितिमै हुने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले आफु चुनौती स्वीकर गरेर नै राखेपमा आएको र १३औं साग निर्धारित मितिमै हुने बताएको हो । ‘भारतले पनि […]

August 9, 2019

सेपाकताक्रो टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३४ औं थाइ किङ्स कप विश्व च्याम्पियनसिपमा सहभागी हुने सेपाकताक्रो टोलीलाई शुक्रबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई बिदाइ गरे । अगष्ट २४ देखि सेप्टेम्बर १ तारिखसम्म बैंककको फेसन आइल्यान्डमा हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले रेगु र डबल्समा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा अनिल […]

August 8, 2019

ओलम्पिकको अध्यक्षमा फेरि जीवनराम र उमेशलाल लड्ने !

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अर्को महिना हुने नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनको घोषणासँग अध्यक्षमा फेरि उनी र वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । संघिय सांसद रहेका श्रेष्ठले पुनः अध्यक्षमा उम्मेदावरी दिने घोषणा गरिसकेका छन् । […]

August 6, 2019

१३ औं साग : भारत र पाकिस्तानको प्रतिवद्धता बाँकी !

प्रकाश तिमल्सिना, काठमाडौं नेपालमा आयोजना हुने भनेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विषयमा भारत र पाकिस्तानबाहेकका राष्ट्रले लिखित प्रतिबद्धता जनाइसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । पटक पटक रोकिएको १३ औं साग तेस्रो पटक मंसिर १५ देखि २५ गते सम्म काठमाडौं र पोखरामा हुने गरि तय भएको छ । […]

August 4, 2019

१३ औं साग– एनओसी अध्यक्ष श्रेष्ठको संयोजकत्वमा उप समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – चार महिना पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी, निरिक्षण र अनुगमनका लागि शिक्षा तथा स्वास्थ्य संसदीय समितिले संघिय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा आइतबार पाँच सदस्यीय उप समिति गठन गरेको छ । उपसमितिको सदस्यमा सांसदहरु नवीना लामा, नारायणप्रसाद मरासिनी, नमिताकुमारी चौधरी र गजेन्द्रबहादुर महत रहेका छन् । […]

August 3, 2019

अब खेलाडीको वर्गीकरण हुने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीहरुको वर्गीकरण गरिने भएको छ । खेलाडी आउने दिनमा खेलाडी राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडीका रुपमा वर्गीकृत हुनेछन् । संसदिय समितिले संसोधन गरेको राष्ट्रिय खेलकुद विधेकलाई राष्ट्रिय सभाले बिहीबार पास गरेको छ । मुख्यतः खेलाडीहरुलाई दुई वर्गमा विभाजन गरिने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी तिनलाई भनिनेछ जसले […]

August 3, 2019

म्याच फिक्सिङमा संलग्न भए ६ वर्ष जेल!

काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतो (म्याच फिक्सिङ) लाई नेपाली कानुनले पहिलो पटक सम्बोधन गरेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको प्रमाणित भएमा ६ वर्ष सम्मको जेल सजाय हुने भएको छ । राष्ट्रिय सभाले बिहीबार पास गरेको राष्ट्रिय खेलकुद विकास विधेयकमा यस्तो प्रावधान राखिएको छ । विगतमा पूर्व कप्तान सागर थापासहित ५ […]

Success

Thank you for your time.