default_image

नेपाल ओलम्पिक कमिटि

June 23, 2024

एरिका र स्यान्टुलाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ एनओसी अवार्ड २०२४ प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामाआइतबार भएको कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष […]

June 14, 2024

सुटिङकी सुष्मिताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा भाग लिने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार पेरिस ओलम्पिकका लागि सुष्मिताको वाल्र्ड कार्डमार्फत खेल्ने भएकी हुन् । छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीका लागि वाल्र्ड कार्डमार्फत सहभागी गराइन्छ । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या […]

June 3, 2024

सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौं (हाम्रो खेलकुद) – एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपाल ट्रायथोलनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ । सउदी अरबको रियादमा भएको सो सभामा ट्रायथलन संघका अध्यक्ष एवंम् नेपाल ओलम्पिक कमिटी (एनओसी)) का महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले भाग लिएका थिए । जुन १ मा सुरु भएको सो […]

May 28, 2024

दसौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीमा यो वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गर्ने क्रममा राष्ट्रिय खेलकुदका लागि ६० करोड विनियोजन गरेको जानकारी गराएका थिए । राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म हुने यसअघि […]

May 19, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु इभेन्टको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– इरानसँग पराजित भएपनि नेपाली टोली मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम ४ मा पुगेको हो । नेपाल ६–१५र १२–१५ ले पराजित भएको थियो । त्यसअघि लिग चरणकै खेलमा आजै […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

May 18, 2024

‘सन्न्यासपछिको योजना खेल जीवनमै बनाउन सके उत्तम’

काठमाडौं (हाम्रो खेलकुद)– सौख, जोशबाट सुरु हुने खेलाडीको जीवन व्यवसायिकता हुँदै सन्न्याससम्म पुग्छ । तर, धेरैले सक्रिय जीवनमा सन्न्यासपछि के गर्ने भन्ने सोचेका हुँदैनन् । यद्दपी कतिपय खेलाडीले सन्न्यासपछि के गर्ने भन्ने योजना बनाइसकेका हुन्छन् । सन्न्यासपछि खेल गर्ने भन्ने लक्ष्य निर्धारण गर्ने सके त्यसले सन्न्यासपछिको जीवन सहज हुने खेलाडीहरुको विश्वास छ । नेपाल ओलम्पिक […]

May 17, 2024

सन्तोषीले ओलम्पिक खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्। युनिभर्सियालिटी कोटामा उनले ओलम्पिक खेल्ने भएकी‌ हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) र नेपाल एथलेटिक्स संघबाट युनिभर्सियालिटीका लागि सन्तोषीको सिफारिस गरेको थियो। सन्तोषीको‌ नाम ओलम्पिकमा खेल्ने पक्का भएको जानकारी […]

May 15, 2024

स्यान्टु ओलम्पिकमा छनोट हुने तेस्रो‌ नेपाली

काठमाडौं (हाम्रो खेलकुद)- स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७,८-११,११-७,११-६,८-११,८-११, ११-९ ले विजयी‌ भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो […]

May 11, 2024

प्रिन्सले पेरिस ओलम्पिक २०२४ खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । ब्याडमिन्टनमा यसपटक […]

Success

Thank you for your time.