default_image

नेपाल ओलम्पिक कमिटि

July 16, 2023

स्की संघको अध्यक्षमा श्रेष्ठ यथावत्

काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु […]

July 15, 2023

बालबालिकाका लागि दौड प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो […]

July 15, 2023

लामाको नेतृत्वमा महासंघ टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते फेडेरेसन (एकेएफ) का प्रतिनिधिसँग नेपाल कराते महासंघ (एनकेएफ) का अध्यक्ष युवराज लामाको टोलीले अर्को साता मलेसियामा भेट गर्ने भएको छ । एनकेएफको पछिल्लो ५ वर्षको प्रक्रियासँग पछिल्लो निर्वाचनलगायत सबै विषयमा डब्लुकेएफ र एकेएफलाई जानकारी गराउने भ्रमणको उद्देश्य रहेको महासंघका अध्यक्ष लामाले जानकारी दिए । […]

July 11, 2023

खेल पत्रकार अर्यालको नेपाली खेलकुदको वृत्तान्त सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियासिल नवीन अर्यालले खेल क्षेत्रको इतिहासबारे लेखेको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ मंगलबार सार्वजनिक भएको छ । शरदचन्द्र शाह मेरोरियल फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनकी अध्यक्ष रेणु शाह, […]

July 8, 2023

दौड प्रशिक्षणका लागि एनआरएस र इनड्राइभबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि दौड प्रशिक्षण सन्चालन गर्ने भएको छ । दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गर्न जनाएको छ । १२ वर्ष मुनीका बालबालिकाहरुलाई समावेश गरिने […]

June 30, 2023

लुम्बिनीमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न

भैरहवा (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद्, लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया […]

June 23, 2023

दीपक र सृजनालाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जितेका छन् । ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओासी) आयोजित अवार्डमा खेलाडीको पुरुषतर्फ दीपक र महिलातर्फ सृजनाले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे […]

June 16, 2023

१९ औं एसियाडका लागि अब एक सय दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ । राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री […]

June 9, 2023

कराते महासंघको दोहोरो अस्तित्व ब्युत्याउने खेल – एसियाडका लागि अलग छनोट

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल कराते महासंघको दोहोरो अस्तित्वलाई पूनः ब्युत्याउने खेल सुरु भएको छ । झण्डै अढाई महिना अघि चितवनको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामासहित २० सदस्यीय कार्यसमितिको चयन गरेको थियो । त्यसका वावजुद अर्को समूह पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको महासंघलाई पून क्रियासिल गराउने प्रयासमा लागेको छ । […]

June 3, 2023

ओलम्पिक दिवसमा साइकल ¥याली

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल ¥याली आयोजना गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधान, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको व्यवस्थापन तथा नेपाल साइक्लिङ संघको आयोजनामा ¥याली आयोजना गरिएको हो । ¥यालीमा १ सय २५ जना सहभागी थिए । ¥याली बसन्तपुर डबलीबाट सुरु भइ सातदोबाटोस्थित एनओसीको मुख्यालयमा पुगेर टुंगिएको […]

Success

Thank you for your time.