July 23, 2021
प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]
July 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा कराते समावेश हुँदा नेपाली खेलाडीले त्यसमा भाग लिन नपाउँदा निराशा हुनु स्वभाविक भएपनि आउने प्रतियोगिताका लागि तयार रहनुपर्ने प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन् । कराते पहिलो पटक टोकियो ओलम्पिकमा समावेश गरिएको थियो । सोही ओलम्पिकलाई लक्षित गर्दै २ खेलाडीलाई आन्तरिक तयारीमा राखिएको पनि थियो । तर, कोरोना महामारी र […]
July 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– धाविका सरस्वती चौधरीको प्रशिक्षकका रुपमा टोकियो ओलम्पिक जाने तयारीमा रहेकी इन्द्राकुमारी मल्लको शनिबारको कोरोना रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्तीमार्फत जानकारी दिएको थियो । सोही विज्ञप्तीमा मल्लको ठाँउमा पहिला नै प्रारम्भिक सूचीमा (लङ लिष्ट) रहेका सन्तोष श्रेष्ठलाई सरस्वतीको प्रशिक्षकका रुपमा पठाउने निर्णय भएको पनि उल्लेख गरिएको थियो । […]
July 18, 2021
प्रकाश तिमल्सिना, काठमाडौं हरेक खेलाडीका आ आफ्ना कथा हुन्छन् । कोहि सानै देखि खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्छन् भने कोहि संयोगले त्यसतर्फ मोडिन्छन् । त्यस्तै संयोगले खेलाडी बनेकी हुन् कल्पना परियार । नेपाली सेनामा भर्ती हुँदै सैन्य जीवन सुरु गरेकी कल्पनालाई आन्तरिक प्रतिस्पर्धाले खेलाडी बन्नका लागि आधार तयार पारेको थियो । ‘म खेलाडी बन्छु […]
July 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने […]
July 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । टोकियो ओलम्पिक जानका केहि दिनको समय बाँकी रहँदा कोइरालाले प्रेस विज्ञप्ती गर्दै आफू नजाने जानकारी गराएका छन् । कोइरालाले असार ३१ गतेको मितिमा जारी विज्ञप्तीमा व्यक्तिगत कारणले आफू सहभागी हुन नसक्ने उल्लेख गरेका छन् । टोकियो […]
July 16, 2021
काठमाडौ (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् […]
July 16, 2021
सुबास हुमागाईं, काठमाडौं ओलम्पिकमा सफलता हरेक खेलाडीको लागि आफ्नो करिअरको उच्च विन्दुमा पुगेको पुष्टि गर्ने विश्वभर मान्यता प्राप्त माध्यम हो । व्यक्तिगत सफलतासँगै विश्वभर राष्ट्रको पहिचान बनाउन महाकुम्भमा सहभागी हुने हरेक खेलाडीको सपना हुन्छ । नेपालको हकमा भने हालसम्म ओलम्पिक यात्रा सहभागितामा नै सिमित भइरहेको छ । हामी सहभागितासँगै सफलताको स्वाद कहिले चाख्न पाउँछौं भन्न सकिने […]
July 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा आयोजना हुने ३२औं गृष्मकालीन टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टोकियो ओलम्पिकमा हभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सफलताको शुभकामनासहित बिदाई गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । टोकियो ओलम्पिक २०२० मा नेपालबाट […]
July 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि सर्वाधिक पदक जित्ने पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जान्डर गाडेगार्ड शाह (एलेक्स) ले उद्घाटन समारोहको मार्च पासमा संयुक्त रुपमा देशको झण्डा बोक्ने भएका छन् । टोकियो ओलम्पिक यात्राका विषयमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गौरिकाले बोक्ने […]