default_image

नेपाल ओलम्पिक कमिटि

July 13, 2021

ओलम्पिकमा ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा हुने टोकियो २०२० ओलम्पिकका लागि नेपालबाट ५ खेलाडीसहित २६ जनाले सहभागिता जनाउने भएका छन् । ४ खेलमा ४ प्रशिक्षक, ५ खेलाडी तथा अन्यमा भने पदाधिकारी रहेका छन् । टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित […]

July 12, 2021

१४औं साग २०२३ मा पाकिस्तानमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको खेलकुदको कुम्भमेलाको १४औं संस्करण पाकिस्तानमा दुई वर्षपछि हुने भएको छ । साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको हो । सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन् । मुख्य खेलहरु पाकिस्तानको लाहोरमा हुनेछ । […]

July 10, 2021

राखेप बोर्डको पहिलो बैठक अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक अर्को साता बस्ने भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि गठन भएको राखेपको पहिलो बैठक बस्न लागेको हो । बोर्ड बैठक असार ३० गते बस्ने तयारी गरिएको राखेप श्रोतले जानकारी दियो । गत वर्ष असार १७ गते ऐन लागू भएको थियो । […]

July 9, 2021

जापानमा गौरिका र एलेक्स अभ्यासमा जुटे

मोहन घले, जापान टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास सुरु गरेका छन् । एयरपोर्टमा कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि तोकुशिमा आएर नेपाली पौडी खेलाडी गौरिका सिह र अलेक्जेन्ड शाह( एलेक्स ) लेतोकुशिमा स्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । तोकुशिमामा आईपुग्दा नेपाली खेलाडीलाई भव्य स्वागत […]

July 7, 2021

गोपीले ओलम्पिक खेल्न नपाउनुमा संघ र एनओसीकै कमजोरी!

प्रकाश तिमल्सिना, काठमाडौं आठ महिनादेखि टोकियो ओलम्पिकको तयारी गरिरहेका धावक गोपीचन्द्र पार्कीले गत साता मात्रै आफूले खेल्न नपाउने थाहा पाएका थिए । खेलकुदका जिम्मेवार निकाय नेपाल ओलम्पिक कमिटी (एनआसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल र गोपीको सम्बन्धित खेल नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बिहीबार संयुक्त […]

July 7, 2021

ओलम्पिक खेल्ने कल्पना र सरस्वतीलाई आर्मीको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका दुई खेलाडीलाई बुधबार बधाई तथा शुभकमनासँगै सम्मान प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले ओलम्पिकलाई छनोट हुन सफल दुई खेलाडीलाई बधाई तथा शुभकामना प्रदान गर्दै सम्मान स्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे । प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको […]

July 6, 2021

स्पोर्टस् नेपाल ओआरजी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेका सफलता र सहभागितालाई समेट्ने उद्देश्यले स्पोर्टस नेपाल ओआरजी वेब साइट सञ्चालनमा ल्याइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले वेब साइट सञ्चालनमा ल्याएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले वेब साइटको मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालयमा उद्घाटन गरे । नेपाली […]

July 4, 2021

एलक्स र प्रशिक्षक कार्की जापान जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकमा भाग लिने मध्येका एक पौडीका एलेक्जेन्डर ( एजेल्स) शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार त्यस्तर्फ जाने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलेक्स र कार्कीलाई आइतबार विदाई गरेको छ । जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा तयारी गर्ने एनओसीले जनाएको छ । पौडीकी […]

July 3, 2021

‘बाहिर त छिट्टा मात्र हो, बाढी मनमा गएको छ’

प्रकाश तिमल्सिना, काठमाडौं ‘बाहिरको यो पानीको छिट्टाले के हुन्थ्यो र । मनमा बाढी गइरहेको छ दाई’ टोकियो ओलम्पिकको सपना चकनाचुर भएको थाहा पाएकै भोलीपल्ट गोपीचन्द्र पार्कीले विहानी प्रशिक्षणमा दिएको जवाफ हो यो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ उनको मनमा लागेको चोट कति गहिरो छ । बिहीबार साँझ सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा एनओसी, […]

July 2, 2021

‘गोपीमाथि अन्याय र अपमान भयो’-खेलाडी संघ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले धावक गोपी चन्द्रपार्कीले टोकियो ओलम्पिक खेल्ने अवसरबाट वञ्चित हुनुलाई उनीमाथिको अन्याय र अपमान भएको बताएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गोपीले ओलम्पिकमा भाग लिन नपाउने सार्वजनिक गरेको थियो । सम्बन्धित खेलको महासंघको […]

Success

Thank you for your time.