4 years ago
July 23, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो । यी चार बाहेक अर्को खेलाडीले पनि टोकियो ओलम्पिकमा देशको प्रतिनिधित्व गर्दैछिन् । उनी हुन् त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी ।

सिफारिस र चर्चा विनै उनी ओलम्पिक खेल्न पाउने भाग्यशाली खेलाडी बनेकी छिन् । उनले ओलम्पिक खेल्ने थाहा भएको तीन साता हुँदैछ । छनोटका रुपमा रहेको भनिएको गोपीचन्द्र पार्कीले नेपालगन्ज म्याराथन जितेसँगै टोकियो ओलम्पिकको यात्रा पक्का भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघले बताएका थिए ।
मंसिरमा भएको त्यो म्याराथन जितेदेखि गोपी अभ्यासमा जुटेका पनि थिए । उनले एपिएफकै प्रशिक्षक सन्तोष श्रेष्ठको निगरानीमा सक्दो अभ्यास गरेकै थिए । त्यहि क्रममा चैतमा भएको एडिडास १० किलोमिटर दौड पनि गोपीले जितेका थिए । उनले त्यति बेला भनेका थिए, हामीले योजना गरे अनुरुप नै प्रशिक्षण र प्रदर्शन भइरहेको छ ।
डेढ वर्षअघि स्वदेशमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) माध्यम दूरी ५ हजार मिटरमा स्वर्ण पदक जिते पनि त्यसपछि गोपीले आफू म्याराथनबाट ओलम्पिक खेल्ने लक्ष्य लिएका थिए । सबैले उनले सोचे जस्तै भएको थियो । तर, टोकियो ओलम्पिकको अन्तिम तयारीमा जुट्नु क्रममा एनओसी, एथलेटिक्स संघ र खेलाडीहरुको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संयुक्त विज्ञप्ती जारी गरेर गोपीले ओलम्पिकमा भाग लिन नपाउने जानकारी प्राप्त भएको सार्वजनिक गरेका थिए ।

संयुक्त विज्ञप्तीमा भनिएको थियो एथलेटिक्सको अन्तर्राष्ट्रिय महासंघ (आइएएएफ) को प्राविधिक समितिले कोटा भन्दा बढी आवेदन परेकाले गोपीलाई सहभागी गराउन नसकेको उल्लेख थियो । तीनै पक्षले यसरी सार्वजनिक गरेको विज्ञप्तीमा धेरैले विश्वास गरेनन् । आइएएएफले दिएको समय सिमा भित्र नाम दर्ता नगरेकै कारण गोपी खेल्नबाट बाञ्चित हुनुपरेको आशंका एथलेटिक्सवृतमा हुन थाल्यो । त्यसरी नै समाचार आए पनि ।
ती संयुक्त विज्ञप्ती जारी गर्ने तीन संस्थाले त्यसको खण्डन पनि नगरेबाट पनि समयमा गोपीको नाम दर्ता नगरिएको बुझ्न अब कठिन छैन । जिम्मेवार निकायकै कारण भएको गल्तीबाट गोपीले सायद जान पाउने मौका गुमाए । गोपीको सहभागिता नहुने भएपछि आइएएएफले महिला एक समय मिटर दौडका लागि महिला खेलाडीको नाम पठाउन भनेको संयुक्त विज्ञप्तीमै उल्लेख छ । त्यसकै आधारमा सरस्वतीले ओलम्पिक खेल्ने मौका पाएकी छन् ।
सरस्वती आफैंलाई पनि यसपटक ओलम्पिक खेलिन्छ भन्ने लाग्ने ठाँउ नै थिएन । तर भयो त्यस्तै । कसैले अनुमान पनि नगरेको घटनाक्रमले सरस्वतीले टोकियो ओलम्पिकको यात्रा गर्ने भएकी छिन् । तीन साता भन्दा केहि अघिबाट उनी ओलम्पिकलाई लक्षित गरेर अभ्यास गरिरहेकी छिन् । यद्दपी आर्मीमा उनले नियमित आफ्नो अभ्यास भने गरिरहेको बताइन् ।

‘अरु खेलाडीकै जस्तो ओलम्पिक खेल्ने सपना त मेरो नि थियो नै’, सरस्वतीले हाँस्दै भनिन्, ‘तर यसैपटक खेलिएला भन्ने त सोच्ने कुरा नै भएनन नि ।’
छोटो समयको जानकारीकाबीच पनि तयारीमा उनले सन्तोष जनाइन् । ‘आर्मीमा पनि अभ्यास त गरेकै थिएन’, उनले थपिन्,‘ ओलम्पिक खेल्ने भनेपछि एक्ट्रा इनर्जी त आउने नै भयो ।’
ओलम्पिकमा उनको धेरै ठूलो सपना भने छैन । सके राष्ट्रिय कीर्तिमान भंग गर्ने नसक्ने कम्तीमा आफ्नो उत्कृष्ट समय निकाल्ने योजनामा उनी छन् । एक सय मिटर दौडमा १२:४४ सेकेन्ड उनको उत्कृष्ट समय हो । त्यसैलाई कम गर्ने उद्देश्यले उनी टोकियोमा दौडने छिन् ।
सुरुवाती दुई साता उनलाई अभ्यास गराइरहेकी पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिकी उपनिर्देशक इन्द्राकुमारी मल्ल पनि टोकियो ओलम्पिकमा सहभागी हुन नपाउने भएकी छिन् । जापान जानुअघि लगातार सात दिन कोरोनाको परिक्षण गराउनुपर्ने नियम छ । त्यसमा पहिलो परिक्षणमै उनको रिपोर्ट पोजेटिभ आएकोले उनको ठाँउमा गोपीका प्रशिक्षक श्रेष्ठलाई पठाउने तयारी भइरहेको एनओसीले आइतबार विज्ञप्तीमार्फत जानकारी दिइसकेको छ ।

सरस्वतीलाई नै प्रशिक्षण दिने भने मल्ललाई पोखराबाट बोलाइएको थियो । कोरोनाका दुई डोज नै खोप पूरा गरेपनि पहिलो परिक्षणमा पोजेटिभ देखिएकोले उनको यात्रा रोकिएको छ । तर, मल्लले भोली पल्ट गरिएको परिक्षणमा नेगेटिभ आएकोले घटनाक्रम शंकास्पद रहेको गुनासो गरेकी छिन् । उनले आफूमाथि कसैले नियत राखेर त्यस्तो गरिएको वा कसैले गल्ति गरेको हुन सक्ने आशंका गरेकी छिन् । सरस्वतीको टेक्निकल ट्रेनिङमा बढी ध्यान दिइएको र कम्तीमा व्यक्तिगत उत्कृष्टलाई प्रयास गरिने बताइएकी थिइन् । तर अन्तमा उनकै यात्रा रोकिएको छ ।
२४ वर्षिया सरस्वती आफ्नो नियमित अभ्यासमा थिइन् । ओलम्किपमा नाम सिफारिस भएको दुई दिन अघि मात्रै उनी गृहजिल्ला बर्दिया पुगेकी थिइन् । बिरामी आमालाई भेट्न घर गएका बेला ओलम्पिक खेल्न जानुपर्ने भयो भन्ने थाहा पाएपछि उनी काठमाडौं फर्केकी थिइन् ।
‘एकछिन त सपना हो कि जस्तो पनि भयो’, सरस्वतीले पहिलो पटक ओलम्पिक जाने खराब पाएको क्षण सम्झदै भनिन्, ‘पत्याउन पनि गाह्रो पर्यो । त्यसपछि आमाबुवालाई सुनाए । सबै जना खुसी हुनुभयो ।’

सरस्वतीले स्कुले जीवनबाटै दौड सुरु गरेकी थिइन् । गाँउका आफू भन्दा सिनियर दिदीहरु दौडेकी देखेर उनलाई पनि दौडने रहर पलाएको थियो । आरु भन्दा छिटो दौडने देखेरै विद्यालयका शिक्षकहरुले पनि हौसाउने गरेको अहिले पनि उनको दिमागमा ताजै छ । नियमित रुपमा भने उनी २०७० बाट दौडन सुरु गरेकी हुन् ।
प्रतियोगिता खेल्ने दौरानमै भेट भएका एपिएफका खेलाडीको सल्लाहमा उनी त्यहाँ पुगेकी थिइन् । एपिएफमा उनी दुई वर्ष करारमा बसिन् । २०७४ मा उनी अर्को विभागिय टोली आर्मीमा भर्ती भइन् ।
ताइवानमा भएको जुनियर च्याम्पियनसिप हुँदै सन् २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिप पनि उनले देशका प्रतिनिधित्व गरिन् । सागको पनि १२ औं र स्वदेशमा भएको १३ औं संस्करणमा देशका प्रतिनिधित्व गरिन् । आर्मीमा आबद्ध भएपछि खेल जीवन सहज भएको सरस्वती बताउँछिन् ।
‘एपिएफमा हुँदा हुँदै आर्मीमा भर्ती खुलेको थाहा पाए । नाम पनि निस्कियो’, उनले भनिन्, ‘त्यसपछि ढुक्क भएर दौडन पाएकी छु । आर्थिक रुपमा पनि सहज भएको छ ।’
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]