default_image

एसोसिएसन

June 16, 2021

पलेशाले पारालिम्पिकमा भाग लिने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले टोकियो पारालिम्पिक खेल्ने सहभागिता निश्चित भएको छ । जापानमा भदौ १७ देखि १९ गते सम्म हुने पारालिम्पिकका लागि पलेशाले क्याटागोरी ४४ अन्तर्गत ५९ केजी तौल समूह मुनीमा वाइल्डकार्ड प्राप्त गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ । वाइल्ड कार्डका लागि संघले पलेशासँगै रञ्जना धामीका लागि पनि सिफारिस […]

June 14, 2021

दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशका सांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारबाहीको माग गरेको छ । राखेपले सोमबार विज्ञप्ति जारी गर्दै परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल तथा सदस्य राजेश गुरुङबारे अमर्यादित, अशोभनिय लाल्छनायुक्त एवम् घोर निन्दनीय अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको हो । राखेपले मनाङेबाट भएको अराजक एवं […]

June 4, 2021

राखेप कर्मचारी संघको छलफल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडबीच खेलक्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्बन्धमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा मुख्य वक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले […]

June 4, 2021

कुस्तीका पूर्व प्रशिक्षक पोखरेलको निधन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक तथा तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक बिद्या सागर पोखरेलको ६३ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ । नेपाली कुस्तीका पहिलो प्रशिक्षक पोखरेलको हृदयघातका कारण काठमाडौंको कीर्तिपुरस्थित निवासमै विहान ११ः३० बजे निधन भिएको राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र […]

June 3, 2021

बक्सिङ संघको श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङका पूर्व खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन श्रद्धाञ्जली व्यक्त गरेको छ । संघका महासचिव सविन भट्टाचार्यले विज्ञप्ती जारी गरी कोरोनासँग लामो लडाई लडेका केसीको बिहिबार निधन भएको उल्लेख छ । केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजतपदक तथा भारतको […]

May 29, 2021

युवा तथा खेलकुदको बजेटमा सामान्य वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा केहि बढोत्तरी भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि २ […]

May 28, 2021

कल्पनाले पाइन् ओलम्पिक वाइल्ड कार्ड

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने टोकियो ओलम्पिकका लागि चौथो खेलाडीको सहभागिता निश्चित भएको छ । सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् । […]

May 24, 2021

फुटबल टोलीसँग सदस्य सचिव सिलवाल पनि जाने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल जाने भएका छन् । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि मंगलबार यात्रामा निस्कँदैछ । नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल तय छ । नेपाली टोली मंगलबार राती कतार […]

May 22, 2021

लोकप्रियता बढेसँगै व्यवसायिकता कुर्दै भलिबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै […]

May 21, 2021

साधारण सभा रोक्न बक्सिङ संघलाई राखेपको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई संघको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । कोरोनाको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनगर राख्दै राखेपको पूर्व स्वीकृती नलिइ गर्न लागिएको संघको साधारण सभा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को ङ बमोजिम राखेपको अर्को निर्देशन प्राप्त नभएसम्मका लागि […]

Success

Thank you for your time.