default_image

एसोसिएसन

July 5, 2021

कोषबाट ४ खेलाडीलाई उपचार खर्च

काठमाडौं (हाम्रो खेलकुद) – चार खेलाडीले राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट सोमबार उपचार खर्च प्राप्त गरेका छन् । अलग अलग खेलका चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा […]

July 4, 2021

एलक्स र प्रशिक्षक कार्की जापान जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकमा भाग लिने मध्येका एक पौडीका एलेक्जेन्डर ( एजेल्स) शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार त्यस्तर्फ जाने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलेक्स र कार्कीलाई आइतबार विदाई गरेको छ । जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा तयारी गर्ने एनओसीले जनाएको छ । पौडीकी […]

July 3, 2021

‘बाहिर त छिट्टा मात्र हो, बाढी मनमा गएको छ’

प्रकाश तिमल्सिना, काठमाडौं ‘बाहिरको यो पानीको छिट्टाले के हुन्थ्यो र । मनमा बाढी गइरहेको छ दाई’ टोकियो ओलम्पिकको सपना चकनाचुर भएको थाहा पाएकै भोलीपल्ट गोपीचन्द्र पार्कीले विहानी प्रशिक्षणमा दिएको जवाफ हो यो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ उनको मनमा लागेको चोट कति गहिरो छ । बिहीबार साँझ सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा एनओसी, […]

July 2, 2021

‘गोपीमाथि अन्याय र अपमान भयो’-खेलाडी संघ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले धावक गोपी चन्द्रपार्कीले टोकियो ओलम्पिक खेल्ने अवसरबाट वञ्चित हुनुलाई उनीमाथिको अन्याय र अपमान भएको बताएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गोपीले ओलम्पिकमा भाग लिन नपाउने सार्वजनिक गरेको थियो । सम्बन्धित खेलको महासंघको […]

July 1, 2021

गोपीको सहभागिताबारे तीन पक्षको संयुक्त स्पष्टीकरण

काठमाडौं (हाम्रो खेलकुद)- टोकियो २०२० ओलम्पिक अन्तर्गत म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउन नपाउने विषयमा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि र नेपाल एथलेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिका अनुसार म्याराथनमा गोपीको नाम पठाउनुका साथै तयारीका लागि आवश्यक प्रशिक्षणको पनि व्यवस्था मिलाइएको थियो । तर नेपालले स्थान […]

July 1, 2021

ओलम्पिकमा नाटकीय मोड : गोपीको ठाउँमा सरस्वतीले ओलम्पिक खेल्ने!

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो २०२० ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्समा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सहभागिता जनाउने भएकी छिन् । यसअघि पुरुष म्याराथनमा गोपिचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनेपनि विश्व एथलेटिक्सले सार्वजनिक गरेको छनोट खेलाडी सुचिमा नेपालबाट सरस्वतीको नाम रहेको छ । गोपीको नाम भने सुचिमा छैन । गोपीको सहभागिताको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो […]

July 1, 2021

गोपीको ओलम्पिक सहभागिता अनिश्चित !

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिक सुरु हुन ३ साता बाँकी रहँदा त्यसको तयारीमा रहेका गोपीचन्द्र पार्कीको सहभागिता अनिश्चित बनेको छ । अन्तिम समयमा उनको सहभागिता किन अनिश्चत भएको भन्ने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) वा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । गोपीको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो छलफल हुन […]

June 30, 2021

टोकियो ओलम्पिकका लागि सिलवाल सेफ द मिसन

प्रकाश तिमल्सिना,काठमाडौं अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाली टोलीको सेफ द मिसन चयन भएका छन् । केहि दिन अघि नेपाल ओलम्पिक कमिटी (एनओसी) पदाधिकारी र सिलवालबीचको छलफलपछि सेफ द मिसनको टुंगो एनओसी श्रोतले जनायो । यद्दपी सदस्य सचिव सिलवालले भने गत वर्षका लागि […]

June 25, 2021

ओलम्पिकबारे चर्चा

काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनको (इसिए) टिमले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्टस् एण्ड इन्भारमेन्ट कमिसनको संयोजनमा विद्यार्थीलाई ओलम्पिकबारे जानकारी दिन भर्चुअलमार्फत कार्यक्रम आयोजना गरेको छ । ओलम्पिक के हो । यो किन आयोजना गरिन्छ ? यो चाख लाग्दो समयमा के हुन्छ । जुन प्रत्येक चार वर्षमा एकपटक आयोजना हुन्छ, […]

June 25, 2021

ओलम्पिकका लागि एनओसी र केल्मीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकमा भाग लिने नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको छ । अन्तर्राष्ट्रिय खेल पोशाक निर्माण कम्पनी केल्मीको नेपालको आधिकारिक विक्रेता कामारु ट्रेडिङ र नेपाल ओलम्पिक कमिटीबीच शुक्रबार प्रायोजन सम्झौता भएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामारुका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ओलम्पिकमा भाग लिने खेलाडी […]

Success

Thank you for your time.