default_image

एसोसिएसन

April 9, 2019

ओलम्पियन दीपक र स्नेहा स्वीट्जल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियनद्वय दीपक विष्ट र स्नेहा राज्यलक्ष्मी राणाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजन गर्न गई रहेको नवौं ईण्टरनेशनल एथलेट्स फोरममा सहभागिता जनाउने भएका छन् । फोरम १३ अप्रिलदेखि १७ अप्रिलसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रधान कार्यालय स्वीट्जरल्याण्डको लसान शहरमा हुदैछ । विष्टले इन्टरनेशनल एथलेट्स फोरम अन्तर्गत ओलम्पियन फोरममा तथा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट […]

April 9, 2019

आठौंको देशव्यापी ओलम्पिक टर्च र्याली कार्यक्रम तय

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ मा वैशाख ५ गते उद्घाटन हुने आठौं राष्ट्रीय खेलकुदको ओलम्पिक टर्च र्यालीको सम्पूर्ण कार्यक्रम सार्वजनिक भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को व्यवस्थापनमा हुने र्याली २९ गतेदेखि सुरु हुनेछ । प्रदेश१ को विराटनगर हुँदै देशव्यापी र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक […]

April 9, 2019

सोम र अजितले एसियन एथलेटिक्स च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र नेपाल एपीएफ क्लबका अजित कुमार यादवले कतारको दोहामा आयोजना हुने एशियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल एथ्लेटिक्स संघले दोहामा अप्रिल २१ देखि २४ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपका लागि नेपालबाट सोमबहादुर कुमाल र अजित कुमार यादवले प्रतिस्पर्धा गर्ने जनाएको छ । संघका […]

April 7, 2019

आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाईडिङबाट ५५ जना खेलाडी प्रतिष्पर्धामा

पोखरा (हाम्रो खेलकुद) – प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ । आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गतेबाट शुरु हुनेछ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको हो । कुल ६ वटा स्वर्ण […]

April 6, 2019

नवनिर्वाचित मञ्च पदाधिकारीलाई राखेपको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । कार्यक्रमलाई सम्बोधन […]

April 1, 2019

ऐतिहासिक आठौं र प्रदेश ५ को ‘गर्मी’

सुबास हुमागाईं, काठमाडौं अनेक आरोह अवरोहलाई पार गर्दै अन्तत: वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा सुरु हुने पक्का भएको छ । आयोजना गर्ने जिम्मेवारीलाई ‘मिसन आठौं’ को नारासहित सातौं राष्ट्रिय खेलकुद सकिएको भोलिपल्ट देखि नै निर्धारित मितिमा गर्न आयोजक समिति लागिपर्यो । अनेक बाधा अड्चन पार गर्दै चैत २७ देखि खेल सुरु […]

March 30, 2019

आठौं राष्ट्रिय खेलकुदका खेल साँझ र बिहान हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना प्रदेश ५ मा हुने भनिएको आठौं राष्ट्रिय खेलकुदका अधिकांश खेल बिहान वा साझ हुने भएका छन् । आठौं राष्ट्रिय खेलकुद वैशाख ५ देखि ११ गते सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले शुक्रबार निर्णय गरेको थियो । भौतिक पूर्वाधार समयमा सम्पन्न हुन नसक्नु र अब विस्तारै त्यस […]

March 29, 2019

आठौं राष्ट्रिय खेलकुद वैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको मिति अन्तत: टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ । यसअघि चैत अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद गर्ने भनिएपनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको विष्टले जानकारी दिए ।

March 26, 2019

भिआईपी प्याराफिट आइपुग्यो, जडानमा तीब्रता

नेपालगन्ज (हाम्रो खेलकुद) – प्रदेश ५ मा यसैवर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बहुप्रतिक्षित भिआईपी प्याराफिट सोमबार राति नेपालगन्जमा आइपुगेको छ । चीनमा निर्माण गरिएको भिआईपी प्याराफिट सिंगापुर, मलेसिया र भारत हुँदै सोमबार साँझमात्रै नेपालगञ्ज रंगशालामा ल्याइएसँगै जडान कार्यलाई तीब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जानकारी गराएको छ । भिआइपी प्याराफिट […]

March 26, 2019

स्वर्ण विजेता अजितलाई सम्मानसँगै ५ कर्पोरेट हाउसको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्समा ४५ वर्षपछि ऐतिहासिक स्वर्णपदक दिलाएका युवा खेलाडी अजित कुमार यादवलाई नेपाल एथलेटिक्स संघले मंगलबार सम्मान गरेको छ । संघले मंगलबार राजधानीमा एक कार्यक्रममा बीच एक थान टिभीएस मोटरसाइकल र सम्मानपत्रले सम्मानित गरेको हो । यस्तै उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि संघले १ लाख रुपैयाँसहित सम्मानित गरेको छ । स्वर्ण […]

Success

Thank you for your time.