default_image

एथलेटिक्स

May 30, 2017

सुमन र निरकलालाई एभरेष्ट म्याराथन उपाधि, अल्ट्रामा तीर्थ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ निरकला राईले जितेका छन् । यसपटक म्याराथन महिला/ पुरुष , खुला हाल म्याराथन, अल्ट्रा म्याराथन र म्याराथन (विदेशी) गरि पाँच विधामा प्रतिस्पर्धा गराइएको थियो । सोमबार सम्पन्न एभरेष्ट म्याराथन अन्तर्गत अल्ट्रा म्याराथन तीर्थबहादुर तामाङ ले जिते भने विदेशीतर्फ म्याराथन पोल्यान्डका पिटोर हेरकोगले […]

May 29, 2017

पारससहित खेलकुदबाट छ जनालाई मानपदवी

काठमाडौं (हाम्रो खेलकुद)– गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सोमबार सार्वजनिक गर्दा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित खेलक्षेत्रका छ जनाको नाम समेटिएको छ । गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गर्दा पारससहित पूर्व म्याराथन धावक हरिबहादुर रोकाया, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, उसुकी नीमा घर्तीमगर, तेक्वान्दोकी निशा रावल र […]

April 29, 2017

एथलेटिक्स खेलाडी सम्मानित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले २०१४ देखि २०१७ मा भएका विभिन्न प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र पार्की, सूर्य खत्री, अमृता महतो, सीमाकुमारी […]

default_image

April 25, 2017

लाङटाङ म्याराथन उपाधि आर्मीका होम र सरितालाई

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र सरिता बासीले दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि जितेका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा लाङटाङमा मंगलबार भएको म्याराथनमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सरिता बासीले उपाधि जितेका हुन् । पुरुषतर्फ आर्मीकै खेलाडी शीर्ष तीन भित्र पर्न सफल भए । होमलालले निर्धारित […]

April 20, 2017

दोस्रो टान–लाङटाङ म्याराथनको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)को आयोजनामा हुने दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तयारी पुरा भएको छ। विानशकारी भूकम्प गएको दिन बैशाख १२ गते हुने म्याराथनको सबै तयारी पूरा भएको आयोजक टानले बिहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो। म्याराथन भूकम्प प्रभावित जिल्ला रसुवाको लाङटाङ क्षेत्रमा हुनेछ। टानले अघिल्लो वर्ष गोसाईकुण्डबाट सदरमुकाम धुन्चेसम्म […]

April 18, 2017

तेस्रो संस्करणको ट्रेल वैशाख १२मा

काठमाडौँ (हाम्रोखेलकुद)- बतासे ट्रेल्सकै आयोजनामा तेस्रो संस्करणको बतासे ट्रेल विनाशकारी भूकम्प गएको वैशाख १२ गतेनै दिवंगतहरुको सम्झनामा बतासे ट्रेल रेस आयोजना गर्ने जानकारी गरायो । यसपटकबाट वर्षमा दुईपटक वैशाख १२ गते र अर्काे पुसमा बतासे ट्रेल आयोजना गरिने कार्यक्रम संयोजक मिङमार ग्याल्पो लामाले जानकारी गरायो । ट्रेल रेस १२, ३७ र ८५ किलोमिटरमा हुनेछ । […]

default_image

April 18, 2017

एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता समिर र भीम सम्मानित

 काठमाडौं (हाम्रो खेलकुद)-  विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता खेलाडी सम्मानित भएका छन् । दुवै पदक विजेता खेलाडीलाई बतासे ट्रेल्सले जनही १०–१० हजार र सम्मान पत्रले मंगलबार सम्मानित गरेको हो । खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, बतासे ट्रेल्सका अध्यक्ष सुजन तामाङ र सिन्धुपाल्चोक जिल्ला […]

April 10, 2017

संसारकै चिसो ठाँउमा भएको म्यराथनमा भिम दोस्रो र समिर तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – संसारकै सबैभन्दा चिसा ठाँउमा भएको नर्थ पोल म्याराथनमा नेपाली धावकहरुले दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । नर्वेमा आइतबार सम्पन्न म्याराथनमा भीमबहादुर गुरुङ दोस्रो र समिर तामाङ तेस्रो भएका छन् । भीमले ४ घन्टा १८ मिनेट ५० सेकेन्ड र समिरले ३ घन्टा ३१ मिनेट २३ सेकेन्डमा दौड पुरा गरेका थिए […]

April 1, 2017

हेमलाल र सन्तोषी च्याम्पियन

नुवाकोट (हाम्रो खेलकुद) – आर्मीका हेमलाल श्रेष्ठ र धादिङकी सन्तोषी श्रेष्ठ प्रथम झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा च्याम्पियन भएका छन्। नुवाकोटको महादेव माध्यमिक विद्यालय कोल्पुटारमा शनिबार भएको झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा निर्धारित १३.४ किमि दुरी ५४ मिनेटमा पुरा गर्दै आर्मीका हेमलाल श्रेष्ठ च्याम्पियन बनेका हुन्। ५४ मिनेट १८ सेकेण्डमा दुरी पुरा गरेका नेपाल एपिएफका लक्ष्मण मल्ल […]

March 26, 2017

झिल्टुंग क्रस कन्ट्री रेस हुने टुंग

काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटको कोल्पुटारमा प्रथम झिल्टुंग क्रस कन्ट्री रेस हुने भएको छ । महादेव माध्यमिक विद्यालय कोल्फुटारको आयोजना तथा नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा नुवाकोट यही चैत १९ गते शनिबार पहिलोपटक क्रस कन्ट्री रेस हुन लागेको विद्यालयका प्रधानाध्यापक केदार प्रसाद नेपालले आइतबार पत्रबार सम्मेलेनमा जानकारी गराए । रेसमा नेपालका राष्ट्रिय स्तरका धावकहरुले उपस्थिति जनाउने […]

Success

Thank you for your time.