default_image

प्रकाश तिमल्सिनाका लेखहरु

September 3, 2021

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]

August 3, 2021

नेम्बाङ र प्रशिक्षक अलमुताइरीबीच सहमति !

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको छ । नेम्बाङ र अलमुताइरीबीच मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने भएको […]

August 2, 2021

व्यावसायिक धर्मबाट विचलित हुँदैनौं

सम्पादकीय हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौती पनि त्यतिकै हुने गर्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ । हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख र विचार प्रस्तुत गर्ने उद्देश्यका साथ हामीले हाम्रो खेलकुदलाई […]

August 1, 2021

व्यक्तिगत ‘इगो’ मा अल्मलिएको फुटबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद नयाँ विषय होइन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीचको असहमति सैद्धान्तिकबाट अब व्यक्तिगत तहमै पुगिसकेको छ । त्यसैले पनि एन्फामा दुई कित्ता प्रष्ट भइसकेको छ । एन्फा कार्यसमितिको आवधिक निर्वाचनका लागि अब एक वर्ष भन्दा कम समय छ […]

July 18, 2021

कल्पनाको ओलम्पिक निशाना

प्रकाश तिमल्सिना, काठमाडौं हरेक खेलाडीका आ आफ्ना कथा हुन्छन् । कोहि सानै देखि खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्छन् भने कोहि संयोगले त्यसतर्फ मोडिन्छन् । त्यस्तै संयोगले खेलाडी बनेकी हुन् कल्पना परियार । नेपाली सेनामा भर्ती हुँदै सैन्य जीवन सुरु गरेकी कल्पनालाई आन्तरिक प्रतिस्पर्धाले खेलाडी बन्नका लागि आधार तयार पारेको थियो । ‘म खेलाडी बन्छु […]

July 3, 2021

‘बाहिर त छिट्टा मात्र हो, बाढी मनमा गएको छ’

प्रकाश तिमल्सिना, काठमाडौं ‘बाहिरको यो पानीको छिट्टाले के हुन्थ्यो र । मनमा बाढी गइरहेको छ दाई’ टोकियो ओलम्पिकको सपना चकनाचुर भएको थाहा पाएकै भोलीपल्ट गोपीचन्द्र पार्कीले विहानी प्रशिक्षणमा दिएको जवाफ हो यो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ उनको मनमा लागेको चोट कति गहिरो छ । बिहीबार साँझ सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा एनओसी, […]

June 14, 2021

एरिक्सन घटना र एन्फाको पूर्व तयारी

प्रकाश तिमल्सिना, काठमाडौं युरो कपमा शनिबार फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्य तिर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । आफू तिर आएको बलमा प्रतिक्रिया विहिन एरिक्सन लडखडाउँदै मैदानमा ढलेका थिए । कोपनहेगनमा भएको खेलमा उपस्थित दर्शक र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्ने सबै एकै पटक निशब्द भए । उनलाई के भएको भन्ने त्यहि हुनेले पनि अनुमान गर्न […]

May 30, 2021

सेतो जर्सीले सम्झाएको इतिहास

प्रकाश तिमल्सिना, काठमाडौं भनिन्छ, आधा साँचो भनेको झुट बराबर हुन्छ । हेर्दा समान्य लाग्ने । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीले प्रयोग गरेको जर्सीका विषयमा पछिल्लो पटक गरेको दाबी कमजोर देखिएको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेलको अघिल्लो दिन व्यवस्थापकको बैठकमा टोली सेतो रंगको जर्सी प्रयोग गरिने भन्दै सार्वजनिक गर्यो । […]

May 29, 2021

प्रशिक्षक अलमुताइरीलाई शंकाको लाभ दिनुपर्छ

प्रकाश तिमल्सिना, काठमाडौं इराक उड्नुअघि नै राष्ट्रिय फुटबल टोलीका कुवेत प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो योजना प्रष्ट पारिसकेका छन् । टोलीमा व्यापक परिवर्तन गरेका उनले इराक र कुवेत यात्रालाई परिक्षणका रुपमा लिएका छन् । बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप जित्नु प्रमुख लक्ष्य बनाएका आलमुताइरीले त्यसैको तयारीका रुपमा अहिलेको भ्रमणलाई लिएका छन् । विश्व कप २०२२ र […]

May 22, 2021

लोकप्रियता बढेसँगै व्यवसायिकता कुर्दै भलिबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै […]

Success

Thank you for your time.