default_image

प्रकाश तिमल्सिनाका लेखहरु

May 10, 2021

संकटमोचक तामाङ

प्रकाश तिमल्सिना, काठमाडौं देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने खबर सुन्दा पूर्व राष्ट्रिय खेलाडी राजु तामाङ खुसी भए । उनलाई आशा लाग्यो व्यवासायिक फुटबलमा एउटा नयाँ प्रयोग सफल भए त्यसले देशकै फुटबललाई फाइदा गर्नेछ । तर, उनी आफैंले एनएसएलका सहभागी कुनै टोलीमा आबद्ध हुने कल्पना पनि गरेका थिएनन् । सक्रिय खेल […]

May 8, 2021

फरक भूमिकामा सुजलको एनएसएल अनुभव

प्रकाश तिमल्सिना, काठमाडौं देशकै पहिलो फ्रेन्चाईज फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा सबैभन्दा बढी खुसी खेलाडी हुनु स्वभाविक थियो । चैत ६ गते भएको अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुँदा समाचारको प्राथमिकतामा परेका थिए । अक्सनको पहिलो अभ्यासमै सबैभन्दा बढी मुल्यमा विक्री हुँदा खेलाडीको उत्साह बढ्नु पनि त्यतिकै स्वभाविक थियो […]

May 7, 2021

बदलिएका विश्वासको आशालाग्दो पुनरागमन

प्रकाश तिमल्सिना, काठमाडौं व्यक्तिगत र पारिवारिक पीडाले मान्छेलाई नराम्ररी बिथोल्छ । कतिपयको व्यक्तिगत पीडाले व्यवसायिक जीवनलाई टुंगाएको पनि देखिन्छ । तर, समाजमा अर्का थरी मान्छे पनि हुन्छन् जसले जस्तै परिस्थितिबाट पनि सामान्य अवस्थामा फर्कने प्रयास गर्छन् र सफल पनि हुन्छन् । त्यस्तै उदाहरण बनेका छन् फुटबल खेलाडी विश्वास श्रेष्ठ । सम्भवतः उनले आफू जान्ने भएदेखि […]

May 4, 2021

हुमागाईंको निराशाजनक बहिर्गमन

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं व्यवसायिक फुटबलमा सबै भन्दा अस्थिर पद प्रशिक्षक मानिन्छ । युरोपियन क्लब फुटबलका एक सफल प्रशिक्षक हुँदा हुँदै जोसे माउरिन्होलाई प्रिमियर टोली टोनेनहमले बर्खास्त गरेको धेरै दिन भएको छैन । उनको क्षमतामा प्रश्न गरेर होइन कि जारी सिजनमा उनको नेतृत्वमा क्लबले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि सिजन सकिनु अघि नै बर्खास्तमा […]

May 1, 2021

एनएसएल – रेफ्रीको स्तरमै प्रश्न !

प्रकाश तिमल्सिना, काठमाडौं यसैपनि बहुचर्चित लिग, त्यसमाथि पनि कोरोना संक्रमणका कारण नेपालमा भइरहेको एकमात्र प्रतियोगिता, नेपाल सुपर लिग (एनएसएल) अहिले स्वदेशमामा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुका लागि पनि देशको फुटबल नजिक हुने माध्यम बनेको छ । नेपाली फुटबलको विकासको नारा लिएर लिग संचालन भइरहेको लिगमा खेलाडीको प्रदर्शनमा उतारचढावको क्रम जारी छ । तर रेफ्रीको स्तरलाई […]

April 28, 2021

प्रिन्सलाई धैर्यले दिलाएको अवसर

प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो केहि साता त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीका लागि निकै कठीन रह्यो । लामो समय राष्ट्रिय टोलीमा प्रशिक्षणमा रहेर पनि अन्तिम समयमा चोटका कारण थ्री नेसन्स कपमा पर्न असफल भए । चोटकै कारण एनएसएल अक्सनमा अभागी सावित भएका प्रिन्सले एएफसी कप छनोट पनि खेल्न पाएनन् । तर मंगलबार साँझ एनएसएल खेल्ने […]

March 24, 2021

विराजले थ्री नेसन्स कपबाट सन्यास लिने

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । दशरथ रंगशालामा जारी थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका दौरान विराजले औपचारिक रुपमा सन्यास लिनेछन् । एक वर्ष भन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्व कप छनोटको खेलमार्फत सन्यास लिने सोच बनाएका थिए । […]

December 4, 2020

अख्तियार बारे प्रश्नमा सदस्य सचिव सिलवालको झुट

प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा ब्याडमिन्टनको बाहेक अन्य कुनै पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ढाँटेका छन् । जबकी अख्तियारले शुटिङ, आर्चरी, तेक्वान्दो, कराते, ब्याडमिन्टनको खेल सामाग्री खरिदमा अनियमित भएको भन्दै ११ जनाविरुद्ध परेको उजुुरीका आधारमा रायसहितको प्रतिवेदन […]

November 21, 2020

नेपालगन्ज म्याराथन – खेलकुद शहर बनाउने अभियानको महत्त्वपूर्ण प्रयास

प्रकाश तिमल्सिना, नेपालगन्ज धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करणसम्म आइपुग्दा घरेलु खेलकुदको एउटा स्थापित नाम बनिसकेको छ । त्यसो त नेपालमा प्रतियोगिता आयोजना गर्न जति सहज छ । त्यो भन्दा बढी चुनौती निरन्तरतामा हुने गर्दछ । चौथ संस्करणको सहभागिता निरन्तरताका लागि मुख्य बाधक आर्थिक व्यवस्थापन हुने गर्दछ । छैटौं सस्करण सम्म आइपुग्दा नेपालगन्ज म्याराथनले भने सबै खाले चुनौतीलाई […]

October 16, 2020

आफ्नै सरकार र खेलकुदको नजरमा नपरेका टेण्डी!

प्रकाश तिमल्सिना,काठमाडौं ‘शायद अब ऊ पुरानै अवस्थामा फर्कन्न भनेर होला धेरैले चासो राख्नै छोडिसके’, ८० वर्षे लामा पासाङ शेर्पाले पछिल्लो एक वर्षको पीडादायी भोगाइलाई सुस्केरा हाल्दै सुनाए । एक वर्षयता पूर्णरुपमा ओछ्यान परेका कान्छो छोरा लामा टेण्डी शेर्पाका बारेमा सरकार र खेलकुद क्षेत्रले पूरै वेवास्ता गरेपछि पुराना राजनीतिकर्मी शेर्पा यस्तो निष्कर्षमा पुग्नु अस्वभाविक हैन । […]

Success

Thank you for your time.