default_image

बास्केटबल

January 8, 2022

टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक […]

January 7, 2022

भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक स्कुल प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । कपनको भंगालस्थित घरेलु कोर्टमा भएको समूह ‘बी’ को लिग खेलमा भ्याली पब्लिकले ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै समूह विजेताका हैसियतले सेमिफाइनलमा पुगेको हो । भ्याली पब्लिकका साजन गुरुङ र कप्तान सक्रिय अधिकारीले […]

January 7, 2022

टाइम्स र रोयल उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित छन् । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा राष्ट्रिय बास्केटबल […]

January 6, 2022

साइपाल सफल

काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । साइपालले टाइम्सलाई ३८–२८ ले पराजित ग¥यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे । कपनको भंगालस्थित भ्याली पब्लिकद्वारा आयोजित प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेजले पनि सफलता पाए । सम्राट […]

January 6, 2022

गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बावजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित ग¥यो । कीर्तिपुरका प्रनिश महर्जनले १७ अंक जोडे । लिगमा समग्रमा गोल्डेनगेटको प्लस १० र कीर्तिपुरको प्लस ७ अंक भएकाले […]

January 5, 2022

भ्याली पब्लिकको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित ग¥यो । भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारी र राहुल विकेले समान १५–१५ अंक जोडे । ट्रिनिटी इन्टरनेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज […]

January 5, 2022

टाइम्स र रोयल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् । चण्डोलस्थित बिशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित ग¥यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० […]

January 4, 2022

भ्याली पब्लिक बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ […]

January 4, 2022

बिएमकेको जित

काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र (बिएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित ग¥यो । बिएमकेका दिपसन केसीले २१ अंक जोडे । बिएमकेले पहिलो क्वाटरमा २१–९ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । दोश्रो क्वाटरमा ८–७ […]

January 3, 2022

टाइम्सलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित गरेको हो । टाइम्सको जितमा मनीष केसीले २६ अंकको योगदान गरे । दोश्रो क्वाटरमा १७–१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । […]

Success

Thank you for your time.