default_image

बास्केटबल

February 20, 2022

कास्की क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको टोली कास्की लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा कास्कीले बीएमकेलाई ९४–९२ को झीनो अन्तरले पराजित गर्दै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । कीर्तिपुर नगरपालिका समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ । कास्कीका […]

February 19, 2022

कीर्तिपुर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तीन खेल जित्दै कीर्तिपुर नगरपालिका लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा कीर्तिपुरले मोफसलको टोली कास्कीलाई ९४–४७ ले पराजित गर्दै समूह विजेता बन्यो । कीर्तिपुरका अनिल खड्गीले ७ अंक जोड्दा कास्कीका सुदीप कार्कीले सर्वाधिक १६ स्कोर गरे । […]

February 18, 2022

आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार जित हात पार्दै समूह ‘बी’ को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अंक […]

February 17, 2022

गोल्डेनगेट समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट समूह विजेता बन्दै लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । तीन टिम रहेको समूह ‘डि’ को लिग खेलमा गोल्डेनगेटले क्याम्पियन सोलोलाई ७७–६३ ले पराजित गर्दै समूह विजेता बनेको हो न्यो । विजेताका कर्मा गुरुङले २७ अंक जोडे । क्याम्पियनका मनीष राजोपाध्यायले १७ स्कोर […]

February 16, 2022

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो । समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित ग¥यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक […]

February 15, 2022

पुलिसको सानदार सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सफल सुरुआत गरेको छ । प्रहरीले कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित ग¥यो । प्रहरीकी समिक्षा न्यौपानेले ११ अंक जोडिन् । कीर्तिपुरकी झरना वज्राचार्यले १३ स्कोर गरिन् । प्रहरीले ३२ अंक जोड्दा कीर्तिपुर बल्ल खाता खोल्न सफल भएको थियो […]

February 14, 2022

कीर्तिपुर र ड्रिम टिमको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका र ड्रिम टिले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कीर्तिपुरले चारै क्वाटरमा अग्रता लियो । कीर्तिपुरले २५–२१, २३–१८, […]

February 13, 2022

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको भएको छ । सोमबारदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी गराए । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ । […]

February 10, 2022

पूर्व अध्यक्ष शेर्पाको स्मृति बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा नेपाल बास्केटबल संघले खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा फागुन २ गतेबाट सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष भीमसिंह […]

February 5, 2022

लामा टेन्डी शेर्पाको स्मृतिमा बास्केटबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा मेमोरियल खुल्ला महिला तथा पुरुष बास्केटबल च्याम्पियनसिप आयोजना हुने भएको छ । च्याम्पियनसिप १ देखि १२ फागुनसम्म हुनेछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १२ टोली तथा महिलातर्फ ५ टोलीले सहभागिता पक्का गरेका छन् । पुरुषतर्फ रोयल बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका, जेभियर इन्टरनेसनल […]

Success

Thank you for your time.