default_image

बास्केटबल

December 17, 2019

साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए । महिलाको फुल […]

December 11, 2019

‘के हामीले देशकै लागि खेलेको होइन र?’

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो । दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको […]

December 10, 2019

बास्केटबल : महिलालाई रजत, पुरुषमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सागअन्तर्गत बास्केटबलतर्फ महिलामा नेपाल रजत पदकमा सिमित भएको छ । पुरुषतर्फ भने नेपालले कास्य पदक हासिल गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित गर्यो । भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर […]

December 9, 2019

साग महिला बास्केटबल – नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलको फाइनल पुगेको छ । माल्दिभ्सलाई हराउँदै नेपाल टोली पहिलो पटक सागको फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ६८–५५ हराउँदै कम्तीमा रजत पदक पक्का गरेको छ । मंगलबार हुने फाइनलमा […]

December 9, 2019

नेपाल ३ बाइ ३ बास्केटबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय ३ बाइ ३ बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ३ बाइ ३ बास्केटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले श्रीलंकालाई २१-९ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । नेपालले यससँगै लिग चरणमा श्रीलंकासँग भोगेको […]

December 8, 2019

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अन्तिम खेल भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार दशरथ रंगशालाको कभर्ड हलमा नेपालले भुटानमाथि ८७-४६ को सहज जित हासिल गर्यो । अनुषा मल्लले २० अम्क अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले लगातार दोस्रो जित दर्ता गर्यो […]

December 8, 2019

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो क्वाटरमा खेल केहि प्रतिस्पर्धात्मक रहेपनि नेपालले त्यसपछि खेलमा पकड जमाउँदै जित पक्का गर्यो । […]

December 5, 2019

बास्केटबलमा नेपाललाई मिश्रित सफलता

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलतर्फ नेपालले पहिलो दिन मिश्रित सफलता हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिलातर्फ नेपालले बंगलादेशलाई ९२–५ को फराकिलो अन्तरले पराजित गर्यो । नेपालकी मुना महर्जनले १७ अंक जोडिन् । पुरुषतर्फ भने नेपालले सुखद सुरुवात गर्न सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले […]

November 29, 2019

टिआइए बास्केबलमा ३२ टोलीले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– ठुङ्मरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा इन्टर स्कुल टिआइए कप छात्र छात्रा बास्केटबल प्रतियोगिता आयोजना हुँदैछ । टिआइएले लगातार १३ वर्षदेखि इजुकेसन एन्ड स्पोर्टस् मस्ट गो टुगेदर नाराका साथ बास्केटबल आयोजना गर्दै आएको छ । यसपटक सिनिरय ब्वाइज र गल्र्सका साथै शिक्षकको पनि अलग प्रतिस्पर्धा हुनेछ । छात्र र छात्रातर्फ समान १६ […]

November 6, 2019

सागका लागि बास्केटबलको अन्तिम छनोट सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको अन्तिम छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ फुल कोर्टमा १२-१२ खेलाडी तथा ३ बाइ ३ का लागि ४-४ खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । नेपालले यसअघि एसियाली खेलकुदमा पनि ३ […]

Success

Thank you for your time.