default_image

breaking big news

May 18, 2025

पञ्जाब दोस्रो स्थानमा उक्लियो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब सुपर किङ्स ले राजस्थान रोयल्सलाई १० रनले हराएको छ। यो जितले पञ्जाबको प्ले अफको संभावनालाई मजबुत बनाएको छ। जितको लागि २ सय २० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि […]

May 18, 2025

सदभावलाई उत्कृष्ट युवा खेलाडी अवार्ड

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा नेपालका नम्बर एक एमेच्योर गल्फर काठमाडौंका सदभाव आचार्य उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन्। बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रममा सदभावलाई युवा खेलाडी अवार्ड सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ। कलिलो उमेरमै सानदार सफलताको कथा रचिरहेका सदभसव नेपाली गल्फको आशसलाग्दा खेलाडी […]

May 18, 2025

पलेशालाई उत्कृष्ट पारा खेलाडीको अवार्ड

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा ओलम्पिक्सकी विजेता काठमाडौंकी पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्ड प्राप्त गर्न सफल भएकी छिन्। बागमती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा पलेशालाई पारा वर्ष खेलाडी अवार्ड प्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार प्रदान गरिएको छ। उनी अहिले अध्ययनको क्रममा चीनमा रहेकी छिन्। […]

May 18, 2025

च्याम्पियन पिएसजीको पुनरागमन जित

एजेन्सी – च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी ) ले जितेका साथ लिग वान सिजनको अन्त्य गरेको छ।पिएसजीले शनिवार ओसेरमाथि ३-१ को पुनरागमन जित निकालेको हो। अप्रिल ५ मा आङ्जेरलाई हराएर ६ खेल बाँकी छँदै पिएसजीले लगातार चौथो लिग १ उपाधि जितेका थियो।३० औं मिनेटमा लासिन सिनेयोकोले गोल गर्दै ओसेरलाई अप्रत्याशित अग्रता दिलाए। पिएसजीले दोस्रो हाफको ८ […]

May 18, 2025

मुलरको अन्तिम खेलमा बायर्नको सहज जित

एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बनेको बायर्न म्युनिखले होफेनहाइमलाई ४-० ले हराउँदै सिजनको अन्त्य गरेको छ। थोमस मुलरले बायर्नबाट अन्तिम खेल खेले। बायर्नमा १३ वटा बुन्डेसलिगा उपाधि र दुईवटा च्याम्पियन्स लिग जितिसकेका ३५ वर्षीय मुलर यही सिजनको समाप्तिमा सम्झौता सकिएपछि क्लबबाट विदा हुनेछन् । उनले आफ्नो खेल जीवनको‌ महत्वपूर्ण समय बायर्नमा बिताए । मुलरले ५ सय […]

May 17, 2025

क्रिस्टल प्यालेस पहिलो पटक एफए कप च्याम्पियन

एजेन्सी – क्रिस्टल प्यालेसले एफए कपको उपाधि जितेको छ। प्यालेसले पहिलो पटक एफए कपको उपाधि जितेको हो। म्यानचेस्टर सिटीलाई शनिवार १-० ले हराउँदै प्यालेसले उपाधि जितेको हो । एबेरेचे एजेले पहिलो हाफमा गरेको गोल प्यालेसलाई च्याम्पियन बन्न पर्याप्त रह्यो । एजेले १६ औं मिनेटमा गोल गरेका थिए । सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको […]

May 17, 2025

वर्षाका कारण खेल रद्द – कोलकाता आइपिएलको प्ले अफ पुग्न असफल

एजेन्सी – साविक विजेता कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनबाट बाहिरिएको छ। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग शनिवारको खेल वर्षाका रद्द भएसँगै कोलकाता आइपिएलबाट बाहिरिएको हो। वर्षाका कारण टस पनि नभई खेल रद्द भएको हो । रद्दपछि दुबै टोलीले समान १ अंक बाँडेका थिए । १३ खेलमा १२ अंक छोडेपनि कोलकाता […]

May 17, 2025

नवयुगको दम्पतीलाई‌ पुत्र लाभ

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको दम्पतीले पुत्रलाभ गरेका छन्। राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका नवयुगकी श्रीमती पूजा श्रेष्ठले पहिलो सन्तानका‌ रुपमा छोरालाई बुद्ध जयन्ती (बैशाख २९ गते) को दिन बिहान ६:५० बजे जन्म दिएकी हुन्।‌ इलाम मंगलबारे देउमाई ४ का नवयुग झापा मेचीनगर १२ की पूजा झन्डै डेढ वर्ष […]

May 17, 2025

लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङविरुद्ध अविश्वास प्रस्ताव पारित

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध विशेष साधारण सभामार्फत अविश्वासको प्रस्ताव पारित भएको छ । संघको शनिवार कपिलवस्तुमा भएको विशेष साधारण सभामा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन् । २०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको […]

May 17, 2025

पुलिस स्कुल साँगामा ‘स्कुल टु ओलम्पिक’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स संघको‌ स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो। संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा शुक्रवार स्कुल टु ओलम्पिक […]

Success

Thank you for your time.