default_image

breaking big news

May 15, 2025

बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने

रविन्द्र वाईबा, मकवानपुर बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलो पटक प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गर्दैछ । आइतवार हेटौंडा-४ स्थित हुप्राचौरमा अवार्ड आयोजना हुने बिहीवार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।  प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा […]

May 15, 2025

रियलको जितमा बार्सिलोनाको प्रतीक्षा लम्बियो

एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]

May 14, 2025

सन्दीपले क्यानको केन्द्रिय सम्झौता नलिने, क्यानले छलफलपछि निर्णय गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन् । सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । उनले […]

May 13, 2025

नेपाल भारतसँग पराजित, बंगलादेशसँग सेमिफाइनलमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा आज जित निकालेको भारत समूह विजेता बन्न सफल रह्यो। नेपालको हैसियत उप विजेताको रहेको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको […]

May 13, 2025

पिएम कप एनभिए भलिबल लिगमा शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ।  शिवम् सिमेन्टका  सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]

May 13, 2025

प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड २ खेल अगाडि ‘ए’ डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। यो जितमा प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएर २ खेल अगावै शीर्ष दुईमा रहने निश्चित भएको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई बाँसबारीले पहिलो हाफमा गोल गर्न […]

May 13, 2025

सरस्वतीको जितमा धिरेन्द्रको गोल

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबले वीरगन्ज युनाइटेडलाई ३-० ले हराएको छ । प्रतिबन्ध फुकुवासँगै मैदान फर्किएका धीरेन्द्र शाह सरस्वतीको लागि गोल गर्न सफल रहे । एन्फा कम्प्लेक्समा भएको खेल एकपक्षीय बन्यो । ज्ञानेन्द्र जोशीले १८ औं मिनेटमा सरस्वतीलाई अग्रता दिलाए । पहिलो हाफ एक शुन्यको नतिजामा सकियो । […]

May 13, 2025

हङकङसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ। यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो। नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन […]

May 13, 2025

हङकङलाई सहज लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा नेपालले जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति दिएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा हिजो रातिको वर्षाले मैदान भिजेको कारण खेल निकै ढिला गरी सुरू भयो। खेललाई ५ ओभरमा घटाएर सुरूवात गरियो। जहाँ टस जितेर हङकङले पहिले नेपाललाई ब्याटिङको लागि उतार्यो। […]

May 13, 2025

धिरेन्द्रको निलम्बन फुकुवा, सरस्वतीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले सरस्वती युवा क्लबका खेलाडी धिरेन्द्र बहादुर शाहमाथिको निलम्बन फुकुवा गर्दै जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग २०८१ मा सहभागी हुन अनुमति दिएको छ । यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले शाहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर सो निर्णयविरुद्ध परेको अपिलको […]

Success

Thank you for your time.