default_image

breaking big news

January 21, 2019

रुस्लान सिमरा गोल्डकप – हिमालयन शेर्पासँग पुलिस स्तब्ध

सुनिल गाउँले सिमरा – हिमालयन शेर्पा क्लब रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप विजेता नेपाल पुलिस क्बबललाई २–० ले हराउँदै हिमालयन शेर्पा क्लब दसौं संस्करणको अन्तिम चारमा पुग्न सफल भएको हो । रुस्लान थ्री स्टार क्लबलाई खप्तडको फाइनलमा हराएको दुई दिनपछि सोमबारको खेलमा पुलिस खेलको अन्त्यतिर सम्हालिन […]

January 21, 2019

धनगढी स्टार्सलाई ग्लोबल कलेजद्वारा २० लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको फ्रेन्चाइज टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले २० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ । सोमबार राजधानीमा अायोजित कार्यक्रममा स्टार्सका टिम मालिक कृष्ण बोहोरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र अोझाले सम्झौता पत्रमा हस्ताक्षर गरे । एक वर्षे सम्झौता अनुसार कलेजले स्टार्सलाई २० […]

January 21, 2019

आर्मीका दीपकलाई विशेष सम्मान, सिमरा गोल्डकपमा सबै संस्करण खेल्ने एक्लो खेलाडी

सुनिल गाउँले, सिमरा त्रिभुवन आर्मी क्लबका डिफेन्डर दीपक गुरुडका आइतबार दिन विशेष रह्यो । रुस्लान सिमरा गोल्ड कपमा आइतबार आर्मीले अर्को विभागिय टोलीलाई ४–२ ले हराउँदा एक गोल दीपकले पनि गरे । आर्मीको जितमा टंक बस्नेतले २ तथा सुदिल राईले पनि १ गोल गरे । खेलमा दीपक म्यान अफ द म्याच घोषित भए । आर्मीका […]

January 20, 2019

सिटीले हडर्सफिल्डलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई पछ्याइरहेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले रेलिगेसन जोनमा रहेको हडर्सफिल्डलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी ४ मा झारेको हो । सिटीको २३ खेलबाट ५६ अंक पुगेको छ । यसक्रममा सिटीले १८ जित, […]

January 20, 2019

आर्मी रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाँउले सिमरा – विशाल मेमोरियल गोल्ड कप जितेको २४ घन्टा नबित्दै रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई आइतबार ४–२ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नवजनजागृति युवा क्लबको सामना गर्नेछ । खेलमा दुई पटक सम्म लिएको […]

January 20, 2019

यूएई भ्रमणका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय को नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइतबार भिम सार्की, पवन सराफ, अभिनास बोहोरा र सन्दीप जोरालाई पहिलो पटक टोलीमा समेट्दै १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । भिम, अभिनास, पवन र सन्दीपले पछिल्लो […]

three mbappe neymar cavani

January 20, 2019

एकै खेलमा एम्बाप्पे र काभानीको ह्याट्रिक, नेयमारको २ गोल

पेरिस (एजेन्सी) – फ्रेन्च लिग वोन अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पलाई ९-० ले हराउँदा किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन्। त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले पनि १ गोल गरे। घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुवातबाट कब्जा जमायो। खेल अवधीभर ६८ प्रतिशत बल पोजेसन राखेको पिएसजीले ११ औं मिनेटमा […]

January 19, 2019

सलाहको दुई गोलमा लिभरपुल विजयी

एजेन्सी (एनफिल्ड) – इजिप्टियन फरवार्ड मोहम्मद सलाहको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक सदलाउन मोहम्मद सलाहले २ तथा रोबर्टाे फिर्मिनो र साडियो मानेले समान एक गोल गरे । क्रिस्टल प्यालेसका […]

January 19, 2019

१३ औं साग पूर्व निर्धारित मितिमा नहुने पक्का !

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्व निर्धारित तिथिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा हुने भनिएको साग तयारी पुरा नभएको भन्दै १३ औं सागको सचिवालयबाट पत्र प्राप्त भएको नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार हाम्रो खेलकुदलाई बताएका छन् । साग आयोजनको मुख्य […]

January 19, 2019

आर्मी विशाल मेमोरियल गोल्डकप च्याम्पियन

वीरगन्ज (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा विजयी भएको थियो । आर्मीले […]

Success

Thank you for your time.