October 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन् । थ्रीस्टारमा अन्तर्राष्ट्रिय र घरेलु अनुभवी खेलाडी छन् भने फ्रेन्ड्समा युवा खेलाडीको बाहुल्यता छ । सुरुवाती ११ : थ्री स्टार : एलन न्यौपाने, निराजन खड्का (कप्तान), विजय धिमाल, विष्णु सुनार, पिटर सगुन, रञ्जित धिमाल, रुपेश […]
October 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच लिगको चौथो खेल हुँदैछ । खेल बिहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगको तयारी पूरा भएपनि सुरुवाती खेल सधैं कठिन हुने बताएका थिए । उनले अहिले […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र फुटबल क्लबको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा च्यासल सातौं मिनेटमा अभागी बनेको थियो । विश्व अधिकारीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै क्रसबारमा ठोक्किएको थियो । लगत्तै सन्त बहादुर गुरुङले वन भर्सेस वनको […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लब र च्यासल युवा क्लबबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । च्यासलले खेलमा दबाब बनाएपनि गोलको खाता खोल्न सकेको छैन । विमल घर्तिमगरलाई अग्रपंक्तिमा उतारेको च्यासलले अवसर भने सिर्जना गरिरहेको छ । पहिलो हाफको सुरुवातमै मिडफिल्डर विश्व अधिकारीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले च्यासल युवा क्लबबाट ए डिभिजनमा डेब्यु गर्दैछन् । मछिन्द्रविरुद्ध हुने खेलमा उनी च्यासलको सुरुवाती रोजाइमा परेका छन् । च्यासलबाट राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङ र मिडफिल्डर हेमन्त थापामगर पनि छन् । विंगर अमिरले श्रेष्ठ, गोलरक्षक दिनेश थापामगर, डिफेन्डर विक्रम लिम्बू लगाएत पनि टोलीमा छन् […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो । नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै २१ रन जोडेको थियो । दोस्रो ओभरमा बाँकी ६ रन जोड्दै नेपाल […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनोटको पाँचौ खेलमा चीनको सामना गर्दैछ । टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीको कप्तानी आज ज्ञानेन्द्र मल्लले गर्दैछन् । नियमित कप्तान पारस खड्कालाई विश्राम दिएपछि ज्ञानेन्द्रले टोलीको जिम्मेवारी सम्हालेका हुन् । टोलीमा प्रारम्भिक ब्याट्सम्यान प्रदिप ऐरी र विनोद भण्डारी नै छन् । अनिलकुमार साह, आरीफ शेख, […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले आज चीनको सामना गर्दैछ । लिग चरणको पाँचौ खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र क्लब भिड्दैछन् । दुई खेलपछि स्थगित भएको लिगको तेस्रो खेलसँगै लिग फुटबल सुचारु हुन लागेको हो । पछिल्लोपटक ए डिभिजन लिग हुँदा मछिन्द्रको टोली निकै बलियो थियो । लिगको पहिलो चरणमा छैटौं स्थान हासिल गरेको टोलीले सुपर सिक्समा उत्कृष्ट […]