default_image

breaking big news

May 23, 2018

नेपालको पहिलो ओडीआई नेदरल्यान्ड्सविरुद्ध हुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक श्रृखंला […]

De villers

May 23, 2018

डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

जोहानसबर्ग (एजेन्सी) – पूर्व साउथ अफ्रिकी कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् । ‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका डि भिलियर्सको यस निर्णयबाट क्रिकेट विश्व नै चकित भएको छ । उनले भिडियो मेसेजमार्फत आफ्नो सन्न्यासको घोषणा गर्दै भने, “तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिंदै छु ।” […]

sandeep

May 23, 2018

सन्दीप सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने काठमाडौंमा एक सार्वजनिक सम्हारोहबीच सम्मानित भएका छन्। केडिया अर्गनाइजेसनको यती कार्पेटले उनलाई बुधबार सम्मान गरेको हो। इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपलाई यती कार्पेटले  नगद १ लाख सहित समान गरेको छ। डिएभी स्कुलमा सम्पन्न कार्यक्रममा सहभागी सन्दीप आइपिएल खेलेर फर्किएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्। उक्त […]

May 22, 2018

हैदराबादलाई हराउँदै चेन्नई आइपिएल फाइनलमा

मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । हैदराबादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । टोलीका लागि फाफ डु प्लेसिसले अविजित […]

May 22, 2018

‘आइपिएल अविस्मरणीय यात्रा’

काठमाडौं (हाम्रो खेलकुद) – इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो लागि यो आइपिएल अविष्मरणीय यात्रा भएको बताएका छन् । ११ औं संस्करणको विभो आइपिएल खेलेर मंगलबार स्वदेश फर्किएका सन्दीप लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमापत्रकारहरुको कुराकानीका क्रममा आइपिएल आफ्नो लागि अविस्मरणीय यात्रा रहेको बताएका हुन् । ‘मेरो पहिलो […]

world cup final

May 22, 2018

पहिलो विश्वकपलाई फर्केर हेर्दा

काठमाडौं (हाम्रो खेलकुद) –जुलाई १३, १९३० मा फुटबलमा नयाँ प्रतियोगिता सुरु गर्ने योजनाले पूर्ण रुप पायो । योसँगै विश्वकप फुटबलको जन्म भएको थियो । १९३० विश्वकप उरुग्वेमा आयोजना भएको थियो । आयोजक टोलीले नै पहिलो विश्वकपको उपाधि पनि जित्यो । अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै उरुग्वेले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। पहिलो पटक […]

sandeep

May 22, 2018

सन्दीप स्वेदश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)-  दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका सन्दीप लामिछाने अाज स्वेदश आइपुगेका छन् । सन्नेदीप  दिउँसो सवा चार बजे जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उन लाई स्वागत गर्न विमानस्थल मा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत समर्थकको उल्लेख्य  उपस्थिति थियो । सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै […]

May 22, 2018

भलिबल दिवस मनाइयो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पहिलो भलिबल दिवस नैकापस्थित शिवम् न्यु डायमन्ड क्लबको परिसरमा मनाएको छ ‌। नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल दिवस मनाउने निर्णय गरेको थियो । भलिबल दिवस मनाउने क्रममा संघका पदाधिकारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका पदाधिकारी लगायत […]

Paras Khadka

May 21, 2018

पारसले प्रधानमन्त्री कप नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अर्को साता सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । प्रधानमन्त्री कप जेठ १३ गते राजधानीमा सुरु हुँदैछ । व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप नखेल्ने पारसले हाम्रो खेलकुदलाई बताए । ‘पहिला देखि नै बाहिर जाने तय थियो । फेरि यो प्रतियोगिताका […]

May 21, 2018

सन्दीप भोलि स्वेदश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेकासन्दीप लामिछाने मंगलबार स्वदेश आइपुग्ने भएका छन् । सन्दीप नेपाली समयअनुसार दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली […]

Success

Thank you for your time.