February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]
February 19, 2025
एजेन्सी – पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले […]
February 19, 2025
एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]
February 18, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]
February 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले युगान्डामा खेल्ने टुरको लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएका छन् । टुर फागुन २२ गतेदेखि चैत ४ गतेसम्म हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार बन्द प्रशिक्षणमा कप्तान इन्दु बर्मा सहित रुबिना क्षेत्री, बिन्दु रावल, अलिशा यादव, सना प्रविन, राजमति ऐरी,रोमा थापा, ममता चौधरी, ईश्वरी बिष्टलाई बोलाएको छ। […]
February 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]
February 18, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको स्थानमा उक्लिएको छ । रायो भालोसानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो। जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई सोमवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मानबाट सम्मान गरिएको हो । सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। नेपालले कीर्गिस्तान विरूद्ध १-० को कठिन जित निकाल्यो। विमला चौधरीले नेपालको लागि एक मात्र गोल गरिन्। दशरथ रंगशालामा भएको खेलमा तुलनात्मक रुपमा कमजोर देखिएको कीर्गिस्तान विरुद्ध नेपालले खेलमा दबाब बनाएपनि गोल गर्न संघर्ष गर्यो। खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल जारी छ। पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। विमला चौधरीले नेपालको लागि गोल गरिन्। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले कीर्गिस्तान विरूद्ध दबाब बनाएको छ। खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। रेखा पौडेलले टाइट एङगलबाट […]