default_image

breaking big news

January 3, 2025

वालिङमाथि पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई सहजै हराएको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शुक्रवार पुलिसले वालिङलाई ५-० ले पराजित गर्यो । पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान २ तथा पूजा रानाले एक गोल गरिन् । खेलको २६औं मिनेटमा अनुष्का निर्मला उपाध्यायको […]

January 3, 2025

एनओसीमा आबद्ध २७ संघलाई राखेपले सोध्यो स्पष्टीकरण

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को‌ निर्वाचनमा भाग वा नलिएका सबै २७ राष्ट्रिय संघलाई शुक्रवार स्पष्टीकरण सोधेको छ। सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै शनिवार अनलाइनमार्फत भएको निर्वाचनमा एनओसीमा आबद्ध २० संघका‌ प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचनमा भाग लिए वा नलिएका सबै संघलाई राखेपले ३ दिन भित्र स्पष्टीकरण बुझाउन […]

January 3, 2025

इन्डो नेपाल भलिबल – एपिएफको संघर्षपूर्ण जित

सुमन अधिकारी,बुटवल एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । प्रतियोगिताको तेस्रो दिन शुक्रवार एपिएफले गल्कोट भलिबल क्लबलाई संघर्षपूर्ण खेलमा ३-२ ले पराजित गरेको हो । चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल […]

January 3, 2025

इन्डो नेपाल भलिबलमा आयोजकको पहिलो जित

सुमन अधिकारी, बुटवल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । एकेडेमीले आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर कोर्टमा जारी प्रतियोगिताको तेस्रो दिनको […]

January 3, 2025

आरिफको कप्तानीमा पुलिसको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । पुलिसले शुक्रवार आरिफ शेखको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । पुलिसका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको […]

January 2, 2025

सभापति कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा अर्को महिना सभापति कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ १० गतेदेखि हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी गरि १० पुरुष टोलीको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार […]

January 2, 2025

मणीमुकुन्दको जित, एपिएफ र गल्कोटबिचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ अन्तरगत बुधवार तय गरिएका ३ खेल मध्ये २ खेल मात्र सम्भव भएको छ। चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएका कारण एपिएफ र गल्कोट भलिबल क्लबबिचको खेल स्थगित गर्नु परेको आयोजकले जनाएका छन् । एपिएफ र गल्कोटबिच चौथो सेट खेल्ने […]

January 2, 2025

विमलाको २ गोलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। विमला चौधरीको २ गोलमा आर्मीले बागमती युथ क्लबलाई २-० ले सहज नतिजामा पराजित गर्यो।एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती विरुद्ध २५औं मिनेटमा नै आर्मीले अग्रता बनायो। विमला विकको लामो पासमा विमला चौधरीले किपर अगाडि बढेको बेला उत्कृष्ट […]

January 2, 2025

इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिप : गुजरातमाथि आर्मीको जित

सुमन अधिकारी, बुटवल त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को पहिलो खेलमा जित हात पारेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा भैरहेको प्रतियोगिताको दोस्रो दिन विहीबार भएको पहिलो खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एशोसियसन, भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । […]

January 2, 2025

सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो । प्रारम्भिक टोलीमा रहेका रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डललाई बाहिर राख्दै […]

Success

Thank you for your time.