January 6, 2025
एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]
January 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी दुईदिवसीय मेन्स एलिट कपको पहिलो दिनका खेलहरु सकिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा सुरु प्रतियोगिता मधेश प्रदेशमा जनकपुर र विरगंज शहरमा हुदैछ । पहिलो दिनको खेल सकिदा कुनै पनि खेलको अन्तिम नतिजा आएको छैन । आइतवारबाट सुरु भएका दुवै खेलहरुको अन्तिम नतिजा सोमवार मात्र आउने छ । तर, […]
January 5, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणका २ खेल बाँकी रहँदा नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र मणिमुकुन्द तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल एसोसिएसन अन्तिम […]
January 5, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब एक खेल अगाडि नै बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ए मा आइतवार मणिमुकन्द भलिबल क्लबले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३–२ सेटमा पराजित गरेको थियो। त्यो नतिजाले मणिकुमुन्द र पुलिस सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिमुकुन्दले एकेडेमीलाई […]
January 5, 2025
एजेन्सी – पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ । तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ । […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाम्रो खेलकुदकी वरिष्ठ सम्वाददाता सरिता श्रेष्ठ एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन्। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको (एनएनआइपिए) आयोजनामा शनिवार तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा भएको १९ औं एनएनआइपिए स्पोर्टस अवार्डमा श्रेष्ठ सम्मानित भएकी हुन् । एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र मानार्थ अध्यक्ष दीपक विष्टले पत्रकार श्रेष्ठलाई सम्मान पत्रसहित ३५ […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड– २०८० मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड र पुरस्कृत भएका छन् । महिलाबाट एरिका र पुरुषबाट विजय पुरस्कृत भएका हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआपिए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा शनिवार भएको कार्यक्रममा एरिका र विजयले समान […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को महिना आयोजना हुने यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा लामो समय पछि रातो बल र सेतो पोशाकको क्रिकेट फर्किएको छ । सन् २०१९ मा इङग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले पछिल्लो पटक रातो बलको क्रिकेट खेलेको थियो । त्यो खेल केबल राष्ट्रिय टोलीमा रहेका केही खेलाडीको लागि अवसर थियो । आइतवार सुरु हुने जय ट्रफी मेन्स एलिट कपमा भने धेरै […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ओपनर आसिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २३ वर्षीय आसिफले आरजु खातुनसँग शुक्रवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आसिफका दाजु आरिफ शेखको बिहीवार विवाह भएको थियो । आसिफ ३ वर्ष यता राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । घरेलु क्रिकेटमा आसिफ विभागीय […]