default_image

आइपिएल

October 27, 2020

दिल्लीलाई शीर्षस्थानसँगै प्लेअफमा पुग्ने अवसर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दिल्ली आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिनुको साथै प्ले अफमा पुग्नेछ । हैदराबादलाई प्ले अफको झिनो आशालाई कायमै राख्न […]

October 26, 2020

कोलकातालाई हराउँदै पन्जाब चौथो स्थानमा उक्लियो

एजेन्सी – क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे । उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । मन्दीप र क्रिस गेलले दोस्रो […]

October 26, 2020

शुभमनको अर्धशतकमा कोलकाताको मध्यम लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिलको अर्धशतकमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबसामु १ सय ५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । ओपनर नितिश राना इनिङको दोस्रो […]

October 26, 2020

पन्जाब र कोलकाता दुबैलाई जित्नै पर्ने दबाब

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा आज कोलकाता नाइट राइडर्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुने छ । प्ले अफको सम्भावनाको आशा बलियो बनाउन दुबै टोलीलाई जित्नै पर्ने दबाब । कोलकाता ११ खेलमा ६ मा जित […]

October 26, 2020

चेन्नई पहिलो पटक प्लेअफ पुग्न असफल

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिएको छ । आइतबार राती राजस्थान रोयल्सले शीर्षस्थानको मुम्बई इन्डियन्समाथि ८ विकेटको जित निकालेसँगै चेन्नई औपचारिक रुपमा बाहिरिएको हो । आइपिएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट बाहिरिन पुगेको हो । यस अघिका संस्करणमा लगातार फाइनलमा सहजै […]

October 26, 2020

आइपिएलमा स्टोक्सको नयाँ कीर्तिमान

एजेन्सी– राजस्थान रोयल्सका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार राती मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँन उत्कृष्ट शतक प्रहार गर्दै स्टोक्सले कीर्तिमान कायम गरेका हुन् । जितका लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । स्टोक्स ६० […]

October 25, 2020

स्टोक्सको शतकमा राजस्थानको सानदार जित

एजेन्सी– अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ । राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १ सय ९६ रनको बलियो लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा […]

October 25, 2020

हार्दिकको विष्फोटक ब्याटिङमा मुम्बईको बलियो योगफल

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको आक्रामक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९६ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक […]

October 25, 2020

राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्दै मुम्बई

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा मुम्बईका कार्यबाहक कप्तान काइरन पोलार्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर […]

October 25, 2020

बेंगलोरमाथि चेन्नईको सानदार जित

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । चेन्नईको सानदार जितमा युवा ओपनर रितुराज गायकवाड ५१ बलमा ४ चौका र ३ छक्का […]

Success

Thank you for your time.