default_image

एनपिएल

December 10, 2024

बोसिस्टोको ६ विकेटमा पोखराको झिनो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टोले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स सामान्य योगफलमा समेटिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भयो । पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे । […]

December 10, 2024

नेदरल्यान्ड्सका कप्तानले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्यान्ड्स टिमका कप्तान स्कट एडवार्डस विराटनगर किंग्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । एडवार्डस विराटनगरको टिममा सहभागी हुन नेपाल आएका छन् । उनले नेदरल्यान्ड्सका लागि ७१ टि ट्वान्टी आईमा १ हजार २१ रन बनाएका छन् । विराटनगर एनपिएलको ४ खेलमा १ जितका साथ तालिकाको पुछारमा छ । विराटनगरले […]

December 10, 2024

रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

December 10, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन् । खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा छ। आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ। लुम्बिनी विराटनगर किंग्स, […]

December 10, 2024

नेपाल र हङकङबीच यु १९ को एकदिवसीय सिरिज हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र हङकङबीच यु १९ को ३ खेलको एकदिवसीय सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार हङकङ यु १९ सँगको एकदिवसीय सिरिजको खेलतालिका र नेपाली टोलीको घोषणा गरेको हो । क्यानले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सिरिजको पहिलो खेल पुस १ गते हुनेछ […]

December 10, 2024

एनपिएलमा आज दुई खेल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दशौं दिन आज दुई खेल हुनेछन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य कुशल मल्ल र कुशल भुर्तेलको टोली अलग अलग खेलमा उत्रदै छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले राष्ट्रिय टोलीको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्ससँग खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे […]

December 8, 2024

स्वदेश फर्किए धवन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार धवन आइतवार साझ एयर इन्डिया मार्फत स्वदेश फर्किएका हुन् । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका छन् । उनी, घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले झन्डै […]

December 8, 2024

सुदूरपश्चिमको एनपिएलमा पहिलो हार, चितवनको जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । सुदूरपश्चिम आइतवारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भयो । चौथो खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो। १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका इशान पाण्डेले […]

December 8, 2024

हसनको अर्धशतकमा सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्राृ खेलकुद) – ओपनर हसन इसाखिलको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्यो । चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन […]

Success

Thank you for your time.